भ्रमण वर्ष २०२० सँग जोडिँदै मोफसल

पर्यटन प्रबर्द्धनका लागि राजधानीबाहिर पनि उत्साहपूर्वक नयाँ योजना बन्न थालेका छन् । सरकारी र निजी क्षेत्र नयाँ गन्तव्य पहिचान गर्दै प्रबर्द्धनमा जुटिरहेका छन् । झन् पछिल्लो समय त स्थानीय–प्रदेश सरकार पर्यटन वर्ष घोषणा गर्दै प्रचारप्रसारमा लागेका छन् । आम्दानीका स्रोत खोज्दै छन् ।

भ्रमण वर्ष २०२० सँग जोडिँदै मोफसल
सरकारले वार्षिक २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरेको छ । त्यसको प्रभावसहित काठमाडौंबाहिर निकै उत्साह छ । र, भ्रमण वर्षहरू मनाइरहेका छन् । अनि आफ्नो क्षेत्रको प्रबर्द्धन, विकास र प्रचार–प्रसारमा लागेका छन् । नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी भन्छन्, ‘प्रदेश र स्थानीय तहसँग जोस, जाँगर र उत्साह छ, केन्द्रसँग विशेषज्ञता र अनुभव । हामी यी दुवैको बीचमा पुल बनेर समन्वयको प्रयासमा छौँ ।’

भिजिट नेपाल लक्षित विभिन्न भाषामा भिजिट नेपाल २०२० को लोगो निर्माण, आगामी सबै प्रबर्द्धनात्मक कार्यक्रममा भिजिट नेपाल प्रबर्द्धनात्मक कार्यक्रम समावेश गर्ने र अन्तर्राष्ट्रिय सरोकारवाला निकायसँग छलफल अन्तक्र्रियाजस्ता कार्यक्रम भइरहेका छन् ।

स्थानीय तहबाट पर्यटन विकास र प्रवद्र्धनमा देखिएको उत्साहले आगामी दिनमा अझ उज्ज्वल भविष्यको संकेत गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय बताउँछन् । ‘हाम्रो अभियानमा देशभरबाटै उत्साह देखिएको छ,’ उनी भन्छन्, ‘पर्यटनलाई ग्रामीण भेगसम्म विस्तार गर्ने यो सुनौलो अवसर पनि हो ।’ धेरै प्रदेश र जिल्लामा नेपाली या अंग्रेजी नयाँ वर्षको अवसर पारी भ्रमण वर्ष घोषणा गरिन्छन् ।

जनकपुर धार्मिक पर्यटन


प्रदेश २ को महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि यस गन्तव्यको चर्चा झनै चुलिएको छ । यसै मेसोमा प्रदेश २ सरकार सन् २०१९ लाई जनकपुर पर्यटन वर्षका रूपमा मनाउने निर्णय गरेको छ ।

रारा पाँच लाख पर्यटकको लक्ष्य


कर्णाली प्रदेश सरकारले २०७५ लाई ‘रारा कर्णाली पर्यटन वर्ष’का रूपमा घोषणा ग-यो । १ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले रारा पुगेर पर्यटन वर्ष घोषणा गरे । आन्तरिक तथा बाह्य गरी करिब पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य छ, कर्णाली सरकारको । पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेशको विकास गर्न सकिन्छ भन्ने अपेक्षासहित प्रदेश सरकार विविध गतिविधि गरिरहेको छ । प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रवद्र्धनमा कार्यक्रम भइरहेको कर्णाली सरकारले जनाएको छ ।

कैलाली नयाँ गन्तव्यको प्रबर्द्धन

वैशाख तेस्रो साता कैलाली भ्रमण वर्ष २०७५ को भव्य उद्घाटन गरियो । प्रदेश ७ को प्रवेशद्वार चिसापानीबाट भ्रमण वर्षको उद्घाटन गरिएको थियो । कैलाली जिल्ला समन्वय समिति र स्थानीय तहसँगको समन्वयमा प्रारम्भ गरिको अभियानले पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

धनकुटा भारतीय पर्यटकमा केन्द्रित

 

सन् २०१९ को पूर्वसन्ध्यामा धनकुटा जिल्लामा भ्रमण वर्ष घोषणाको तयारी भइरहेको छ । क्षेत्रीय होटेल संघ, धनकुटाले सीमावर्ती भारतीय सहरहरूबाट पर्यटक ल्याउन सकिने सम्भावनासहित भ्रमण वर्ष मनाउने तयारी गरिरहेको होटेल संघ नेपाल (हान)का केन्द्रीय अध्यक्ष अमरमान शाक्यले बताए ।

म्याग्दी पर्यटकलाई चिनो


वैशाख अन्तिम साता म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ गरियो । म्याग्दीका उत्पादनलाई पर्यटनसँग जोडेर राष्ट्रिय–अन्तर्राष्ट्रिय जमातसम्म पु-याउन यो अभियान सफल हुने अपेक्षा गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ आयोजक रहेको यस अभियानलाई गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले पनि साथ दिएका छन् ।अच्युत पुरी/नयाँपत्रीका

 


Facebook Comment


No ads found for this position