पश्चिम नेपालकै पहिलो आर्इएसओ मान्यता प्राप्त होटल सेन्टर प्लाजा

पश्चिम नेपालको प्रवेशद्धार बाँकेको कोहलपुरमा रहेको होटल सेन्टर प्लाजाले ISO 9001 :2015 मान्यता पाएको छ । होटल संचालन भएको छोटो अवधिम नै सेन्टर प्लाजा होटलले आईएसओ मान्यता पाएको हो । सेन्टरप्लाजा होटल पश्चिम नेपालकै पहिलो अन्तराष्टिय मान्यताप्राप्त होटल भएको छ ।
५५ करोड रुपैयाँ लगानीमा निर्मित होटलल सेन्टर प्लाजामा ८० कोठाको सुवीधा रहेको छ भने २२ कठ्ठा क्षेत्रफल रहेको छ । होटेलमा पाँचतारे स्तरको सम्पुर्ण सुविधा रहेका छ भने ८० प्रतिशन स्थायिनलाइ रोजगार दिएको छ । रोजगारी दिएका मध्य ६० प्रतिशत महिला रहेका छन् ।
स्थानिय स्तरबाट उपलब्ध श्रमलाई प्रोत्साहन प्रशिक्षण र विकास गरी स्तरीय सेवा दिईरहेको प्रबन्ध निदेर्शकले देव अर्यालले बताए । उनले भने होटलले छोटो समयमा नै ISO 9001 :2015 मान्यता पाउनुमा होटलका सबै परीवारको मेहनतको फल भएको बताए । अर्यालले भने चुस्त सेवा, क्वालीट फुड नै आईएसओ मान्यता पाउनुको प्रमुख कारण रहेकोे उनले बताए । आशिक रुपमा मसीर देखि संचालन आएको थियो भने पुर्णरुपमा बैशाख २५ गते बाट संचालन भएको थियो ।

 


Facebook Comment


No ads found for this position