प्रदेश नम्बर दुईका आठ जिल्लामा कतै शान्तिपुण मनोनयन कतै हानाहान

काठमाडौं । आगामी असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा उमेदवारी दर्ता भएको छ ।

 

निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा बुधबार भएको उमेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।

२१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उमेदवारी दर्ताका लागि समय निर्धारण गरिए पनि उमेदवारहरुको अत्यधिक सहभागिताका कारण पाँच बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन चाहनेहरुको बाक्लो उपस्थित रहेको पाइएको आयोगले जनाएको छ ।

कतिपय मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेहरुको लामो लाम लागेको जानकारी आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइओसी० बाट प्राप्त भएको छ ।

मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समय ५ बजेभित्र प्रवेश गरिसकेका उमेदवारहरुको उम्मेदवारी दर्ता कार्य साँझ अबेरसम्म पनि सञ्चालन भैरहेको छ ।

साँझ ६ः३० बजेसम्म आयोगमा प्राप्त विवरणअनुसार १८ हजार २ सय जना उमेदवारले मनोनयन दर्ता गराएका छन् । विवरण आउने क्रम जारी रहेको छ ।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जस्तै तेस्रो चरणको प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनमा पनि व्यापक उमेदवारी परेको प्रारम्भिक अनुमान छ ।

यस निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ र निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन् ।

संविधानसभाबाट जारी ‘नेपालको संविधान’ ले व्यवस्था गरेबमोजिम सातवटा प्रदेश र ७७ जिल्लाका ७५३ वटा स्थानीय तहमध्ये पहिलो चरणमा २०७४ वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ वटा स्थानीय तह र दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ गरी जम्मा ६१७ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । उता पर्सामा माओवादि केन्द्रका असन्तुष्ट कार्यकताहरुले मनोनयनको विरोध गरे भने पर्सामै एमालेका कार्यकर्ताहरु पनि उम्मेदवार लाई दिएको निर्वाचनको टिकटलाई लिएर विरोध प्रर्दशन गरेका छन भने सिरहामा काग्रेस पार्टिकार्यालयमा झडपहुदा ५ जना घाइते समेत हुन पुगेका छन,https://www.youtube.com/watch?v=b2JFaOe27Ww झडपको भिडीयो हेर्न लिङमा क्लीक गर्नुहोस


Facebook Comment


No ads found for this position