९ स्थानीय तह थपिँदै कहाँ कति थपियो?

साउन, काठमाडौं । सर्वोच्च अदालतले बाटो खोलेसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा बढाइएको स्थानीय तहलाई कार्यान्वयनमा ल्याउने गृहकार्य थालेको छ । सरकारको पूर्व निर्णयको कार्यान्वयनसँगै उक्त प्रदेशमा ९ वटा थपिएर स्थानीय तहको संख्या १ सय ३६ पुग्नेछ । देशभर कुल स्थानीय तहको संख्या ७४४ बाट बढेर ७५३ हुनेछ । यो खबर राजेश मिश्रले आजको कान्तिपुरमा लेखेक छन्।

मन्त्रालयका सचिव दिनेश थपलियाले नयाँ थपिने स्थानीय तहको कार्यालय, कर्मचारी र स्रोत व्यवस्थापनलगायतका काम थालिएको जानकारी गराए।

स्थानीय तह पुन: संरचना आयोगले प्रतिवेदन बुझाइसकेपछि मधेसी दलकै दवाबमा प्रदेश नम्बर २ मा दोस्रो पटक स्थानीय तहको संख्या वृद्धि हुँदैछ । यसअघि सरकारले फागुन २२ मा ८ जिल्लामा २३ वटा स्थानीय तह थपेर मात्रै पुन: संरचना प्रतिवेदनलाई कार्यान्वयनमा ल्याएको थियो । यतिबेला ९ वटा थपिँदै छन् ।

प्रदेश नम्बर २ हाल ७८ गाउँपालिका र ४९ नगरपालिका रहेकोमा संख्या र सिमाना हेरफेरसँगै ५९ गाउँपालिका र १ महानगर सहित ७७ नगरपालिका हुनेछन् ।

कुन- कुन थपिए

 


Facebook Comment


No ads found for this position