३५ करोड रुपैयाँमा अल्टिच्यूड एयरले नयाँ हेलिकोप्टर ल्यायाे

काठमाण्डौं । नेपाली आकाशमा नयाँ हेलीकप्टर थपीएको छ । साढे दुई दशकभन्दा बढी अवधिदेखि पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरुले स्थापना गरेको अल्टिच्यूड एयरले नयाँ हेलिकोप्टर ल्याएको छ ।
एयर बस कम्पनीले सबैभन्दा पछिल्लो प्रविधीद्धरा निर्माीत एयर बस एच–१२५ बी ३ ई नामको ६ सिटे हेलिकप्टर मलेसिया, थाईल्याण्ड म्यानमार , बगलादेश हुदै बुधबार काठमाण्डौ आई पुगेको हो । कम्पनीले यो भन्दा अघि दुई हेलीक्पटर ल्याईसकेको बजार प्रमुख सिताराम सापकोटाले बताउनुभयो ।


केही दिन भित्रै नेपाली आकासमा काठमाण्डौ भित्रीएको नयाँ हेलीकप्टरले नियमीत उडान गर्ने बजार प्रमुख सापकोटाले बताउनुभयो । यो हेलीले २२ हजरा फिट सम्म सहजै उडान भर्न सक्छ । हाई अल्टिच्युड उद्धार, पर्यटकीय स्थल अवलोकन, माउन्टेन फ्लाइट, विकास र पूर्वाधारका लागि समेत उपयोगी हुने बजार प्रबन्धक सापकोटाले बताउनुभयो । ६ यात्रु र एकजना पाइलट बस्न मिल्ने सिट रहेको यो हेलिकप्टर लागत मुल्य ३५ करोड रुपैयाँ रहेको छ ।


Facebook Comment


No ads found for this position