३३ किलो सुन काण्डमा एसएसपी श्याम खत्री पक्राउ

काठमाडौं , दुवईबाट ल्याइएको ३३ किलो सुन काण्डमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो  सिआइबी  ले प्रहरी वरिष्ठ उपरीक्षक  एसएसपी  श्याम खत्रीलाई हेडक्वाटरबाटै पक्राउ गरेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एसएसपी खत्री सुन काण्डपछि प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएका थिए। एसएसपी खत्री आइतबार दिउँसो हेडक्वाटरबाटै पक्राउ परेका हुन्।
प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिरिनुलाई गम्भीर ‘सुरक्षा कमजोरी’  सेक्युरिटिज ल्यापसेज  भएको भन्दै विमानस्थलका खत्रीलाई प्रहरी मुख्यालयमा फिर्ता बोलाएको थियो।

खत्रीलाई ३३ किलो सुन विमानस्थलबाट बाहिरिदाको सुरक्षा कमजोरी र घटनामा उनको संलग्नता भए–नभएकोबारे छानबिन गर्न हेडक्वाटर तानिएको थियो।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ गते विमानस्थलको सुरक्षा र भन्सार कटाएपछि पिंगलास्थान र गोठाटारबाट ३३ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको थियो ।भरपर्दो सूचनाका आधारमा ब्युरोका एसपी मीरा चौधरी नेतृत्वको टोलीले ३३ किलो सुनसहित तस्करीमा संलग्न तीनजनालाई पक्राउ गरेको थियो ।ब्युरोले आफ्नो प्रतिष्ठाको विषय बनाई उक्त सुन तस्करी प्रकरणलाई गम्भीर ढंगले अनुसन्धान भइरहेको बताएको थियो।

विमानस्थल प्रहरी र भन्सार कार्यालयको सुरक्षा जाँचबीच ठूलो परिमाणमा विमानस्थलबाट सुन बाहिरिनुले विमानस्थल प्रहरी र भन्सार कार्यालयका कर्मचारीमाथि ठूलो नैतिक प्रश्न उब्जाएको थियो।ब्युरोले ३३ किलो सुनसहित नेपालगन्जका गोपालबहादुर शाही, मोरङ पथरी ८ का दिनबन्धु थापा र दुबईमै काम गर्दै आएका जनकपुर १२ का सन्तोष काफ्ले पक्राउ परेका थिए । पक्राउ परेकाको बयानका आधारमा प्रहरीले एसएसपी खत्रीलाई पक्राउ गरेको स्रोतको दाबी छ।


Facebook Comment


No ads found for this position