२० लाखको लागतमा सो पदमार्ग निर्माण

१५ साउन, काठमाडौं ।  पर्यटकीय विकासमा महत्वपूर्ण मानिएको छेस्काम–खोङ्मादिङ–मेरापिक पदमार्ग निर्माण सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको रु २० लाखको लागतमा सो पदमार्ग निर्माण गरिएको हो।

trakeing routeमुद्धिखोलादेखि वेइखो, माङ्गन, वेइखोहुँदै लारडाँडासम्म पदमार्ग सुधार तथा लारडाँडादेखि सग्गोल खोलाहुँदै लुक्तुम्मासम्म नयाँ पदमार्ग निर्माण गरिएको हो।

“जिल्लाको तल्लो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आधार निर्माण भएको छ’, उपभोक्ता समितिका अध्यक्ष सोभितमान कुलुङले भने । पदमार्ग निर्माणमा द ग्रेट हिमायन टेल, छेस्काम गाविसलगायतले सहयोग गरेका छन्।

पर्यटकले हाल सप्तकोसीको मुहान सेतीपोखरी भञ्ज्याङ पुग्न यात्रुले पाँच हजार ८१७ मिटर उचाइमा पर्ने लुक्ला–नाम्चे–टेङ्बोचे–मिङ्बोला पास, पाँच हजार ८०० मिटरमा पर्ने लुक्ला–नाम्चे–छुकुङ–आम्फुलाम्चा पास, छ हजार १३५ मिटरमा पर्ने तुम्लिङ्टार–मकालु आधारशिविर–शेर्पेनीकोल पास, करिब तीन हजार ९०० मिटर उचाइमा पर्ने तुम्लिङ्टार–ताम्कु–केन्पा–गौवित्ता मार्ग प्रयोग गर्दै आएका छन् । हिमपात भएको अवस्थामा उक्त भञ्ज्याङ पास गर्न नसक्दा विदेशी पर्यटकलाई हेलिकप्टरद्वारा उद्धार गर्नुपर्ने हुन्छ ।

फाप्लु–सेतीपोखरी पर्यटन पदमार्गको विकास तथा प्रचारप्रसार गर्न सके तल्लो सोलुको समेत पर्यटनको विकास हुनुका साथै त्यस क्षेत्रको आर्थिक विकासको ढोका खुल्छ । यसबाहेक सेतीपोखरी भञ्ज्याङबाट हिमाल पार गर्न नसक्नेहरुले यस मार्ग भएर फर्कंदा हिमाल पार गर्नु नपर्ने भएकाले सो पदमार्गलाई सुरक्षित मानिएको बताइएको छ । यस मार्गलाई सांस्कृतिक तथा पर्वतारोहण पर्यटन पदमार्गका रुपमा समेत चिनाउन सकिन्छ ।


Facebook Comment


No ads found for this position