१५ मिनेटमै विश्व चर्चितअन्नपूर्ण आधार शिबिर

विश्वको सबैभन्दा चर्चित पैदल मार्ग अर्थात् अन्नपुर्ण पैदल मार्ग, पोखरा बाट ६ दिनको रोमान्चकारी पैदल यात्रा पछि पुगिने अन्नपुर्ण आधार शिबिर अब भने मात्र १५ मिनेट मा सजिलै पुग्न सकिने छ । समय र स्वास्थ्यका कारण पैदल यात्रा गर्न नसक्नेहरुका लागि यो जत्तिको खुसीको खबर के होला ।

सुमन ढुगांना

शिबिर, समुन्द्री सतह बाट ४१३० मिटर उचाइमा रहेको अन्नपुर्ण पहिलो हिमालको आधार शिबिर, हेर्दा लाग्छ हिउँ नै हिउँ को एउटा
उपत्यका । विश्व को चर्चित पैदल मार्ग अन्नपुर्ण पैदल मार्ग भएर पुग्न सकिने आधार शिबिर सम्मको यात्रासांचिकै रोमान्चकारी छ । र त देशी बिदेशी पर्यटक यहाँ सम्म पुग्न पैसा र समय दुवै छुट्याएर अन्नपुर्ण आधारशिबिरको सुन्दरतामा रमाउन आइपुग्छन ।

कुनै समय थियो यहाँ सम्म पुग्न पैदल यात्रा गर्नुको विकल्प थिएनतर अब येदि तपाई स्वास्थ्य र समयका कारण अन्नपूर्ण आधार शिबिर पुग्न सक्नुभएको छैन भने अब ढुक्क हुनुहोस। अब न तपाइलाई पैदल यात्रा गर्नु पर्छ न त थुप्रै दिन नै छुट्याउनु पर्छ । पछिलो समय सिम्रिक एयर को
हेलिकप्टरले पोखरालाई आधार बनाएर आफ्नो सेवा दिई रहेको छ र उसको सेवा छोटो समयेमै अन्नपुर्ण आधारशिबिर पुग्न चाहने पर्यटकले सबै भन्दा बढी प्रयोग गरेका छन् । सिम्रिक एयरको पोखराको आधिकारिक एजेन्ट पोखरा हेली सर्बिसमार्फत र सिधै सिम्रिक एयर ब्यबस्थापन मार्फत अन्नपुर्ण आधार शिबिर मात्र १५ मिनेटमा
पुग्न सकिन्छ । यत्ति छोटो समयमा विश्वको ८ मिटर हजार भन्दा माथिको हिमालको काखमा पुग्न पाउन आफ्नो खुसि येसरी सुनाउदै थिय बिदेशी पर्यटक ।हो बृद बृदा र सारीरिक असक्तताका कारण आधार शिबिर पुग्न नसक्नेलाइ अहिले सबै भन्दा सजिलो भएको छ । येत्ति मात्र हैन कि सिम्रिक एयरले अन्नपुर्ण आधार शिबिर सम्म आफ्नो उडान गर्न थाले पछि यहाको पर्यटन ब्यबसाय र जनजीबनमा पनि धेरै सजिलो भएको छ । पैदल यात्राको क्रममा हाइ लगेर र अन्य कारणले बिरामी परेका हरुको उद्दारमा निक्कै सहज भएको र ७, ८ दिन लाग्ने दुवानी पनि १५,२० मिनेटमा झरेको भन्दै खुसि व्यक्त गर्छन  अन्नपुर्ण आधार शिविरका पर्यटन ब्यबसाईहरु ।पर्यटन ब्यबसायी जगनाथ गुरुङ भन्छन कुनै समय थियो तत्काल कुनै उद्दार गर्न पर्यो भने राजधानी बाटनै हेली कप्टर मगाउन पर्थ्यो तर अव त्यो अवस्था नरहेको बताए । उनले भने काठमाण्डौ बाट निक्कै महँगो पर्न जान्छ ।तर अहिले सिम्रिक एयर ले पोखरालाई नै आधार मानेर आफ्नो सेवा दिन थाले पछि समय र रकम धेरै कम लागेको उनले बताए । आगामी दिनमा देशकै सबैभन्दा ठुलो रारा ताल, मुख्तिनाथ, लगाएतका चर्चित पर्यटकीय स्थललाइ पनि केन्द्र बनाएर येस्तै सेवा बिस्तार गर्ने ल्क्ष्य रहेको सिम्रिक एयरका क्याप्टेन सिदार्थ गुरुङ बताए ।

 


Facebook Comment


No ads found for this position