होटल बढे, तर पर्यटक बढेनन्

९ असार, काठमाडौं । सरकारले सन् २०२० देखि देशमा वाषिर्क २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यसका लागि अत्यावश्यक भौतिक पूर्वाधार निर्माणले भने गति लिन सकेको छैन, जसले गर्दा २० लाख पर्यटक भित्र्याउने लक्ष पूरा हुन समस्या छ ।

गत वर्ष नेपालमा साढे सात लाख विदेशी पर्यटक आएका थिए । यसका आधारमा तीन वर्षपछि २० लाखको लक्ष्य हासिल गर्न झण्डै तीन गुणा पर्यटक बढाउनुपर्ने छ, जुन अहिलेकै भौतिक पूर्वाधारबाट सम्भव देखिँदैन ।९ असार, काठमाडौं । सरकारले सन् २०२० देखि देशमा वाषिर्क २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यसका लागि अत्यावश्यक भौतिक पूर्वाधार निर्माणले भने गति लिन सकेको छैन, जसले गर्दा २० लाख पर्यटक भित्र्याउने लक्ष पूरा हुन समस्या छ ।

गत वर्ष नेपालमा साढे सात लाख विदेशी पर्यटक आएका थिए । यसका आधारमा तीन वर्षपछि २० लाखको लक्ष्य हासिल गर्न झण्डै तीन गुणा पर्यटक बढाउनुपर्ने छ, जुन अहिलेकै भौतिक पूर्वाधारबाट सम्भव देखिँदैन ।

होटल बढे, तर पर्यटक भित्रिएनन्
सन् २०२० सम्ममा देशभरका ठूला होटलमा ४ हजार रुम थपिँदैछन् । केही नयाँ होटलहरु हालै मात्र सञ्चालनमा आएका छन् ।
मलबरी र फेयरफिल्ड म्यारियटले हालैमात्रै आफना् सेवा सुरु गरे । तर, सञ्चालनमा रहेका होटलको अकुपेन्सी राम्रो छैन । शाहका अनुसार अहिले सञ्चालनमा रहेका होटलहरु नै नाफा कमाउन सक्ने स्थितिमा छैनन् ।

उनले भने, ‘यस्तो अकुपेन्सीले होटल नाफा कमाउन सक्दैनन्, सञ्चालन मात्रै हुन्छन् । होटलको संख्या बढेअनुरुप सरकारले पर्यटक भित्राउन सकेको छैन ।’

नेपाल पर्यटक बोर्डका सीइओ दीपक जोशी पनि देशमा बढेका होटल संख्या अनुरुप पर्यटक नभित्रिएको बताउँछन् । उनले भने, ‘अहिले एयर बीएनबीले उपलब्ध गराएका कोठा र होमस्टेमा पर्यटक बस्ने क्रम बढ्दो छ, त्यसैले अकुपेन्सी कम देखिएको हो ।’

यता भारतीय पर्यटकलाई लक्षित गर्दै अहिले नेपाल पर्यटन बोर्डले सञ्चालन गरेको ‘गर्मी से बेहाल चलो नेपाल’ अभियान प्रभावहीन बनेको छ । चालु गर्मी सिजनमा भारतीय पर्यटकहरुको आगमन उत्साहजनक छैन ।

यो सिजनको होटल अकुपेन्सी मुख्य गरी भारतीय पर्यटकमै निर्भर रहन्छ । आफ्नो देशको चर्को गर्मी छल्न भारतीयहरु यतिबेला बढी संख्यामा नेपाल आउने गर्छन् ।

यही प्रवृत्तिलाई प्रोत्साहित गर्न पर्यटन बोर्डले ‘चलो नेपाल’ अभियान सञ्चालन गरेको थियो । तर, अभियानले भारतीयहरुलाई खासै छुन सकेको देखिँदैन ।

होटल व्यवसायी महासंघका महासचिव बिनायक शाहका अनुसार अहिले देशका ठूला होटलको अकुपेन्सी ४० देखि ४५ प्रतिशत मात्रै छ । जबकि भूकम्पअघिको वर्ष २०१४ मा अकुपेन्सी ६० प्रतिशत थियो ।

नेपालमा रहेका विभिन्न मठमन्दिर भ्रमण तथा प्राकृतिक दृष्यावली अवलोकनको लागि भारतीयहरु नेपालमा आउने गरेका छन् ।

दूरीका हिसाबले पनि नेपाल भारतीय पर्यटकको प्राथमिकतामा पर्नुपर्ने हो । साथैसाथै धार्मिक आस्थाका आधारमा पनि नेपाल उनीहरुका लागि उचित गन्तब्यको रुपमा लिने गरिन्छ । तर, यो सम्भाव्यताको दोहन हुन सकेको छैन ।

भूकम्प अघिका वर्षहरुमा नेपालमा आउने कुल पर्यटकमध्ये ३० प्रतिशत भारतीय पर्यटक रहने गरेका थिए । तर अहिले यो लगभग २० प्रतिशतको हाराहारीमा झरेको छ ।

भारतीय पर्यटक उल्लेख्य मात्रामा नभित्रिदा मुख्य रुपमा होटल व्यवसायीहरुलाई मर्का परेको छ । अकुपेन्सी कमजोर भएका कारण होटल क्षेत्रले नाफा गर्न सक्ने स्थिति छैन । उनीहरुलाई सञ्चालन खर्चमै सीमित छन् ।

हुन पनि एकै वर्षमा १ हजारदेखि १५ सयसम्म होटलका कोठाहरु बढ्ने गरेका छन् । होटलको संख्या बढे पनि भौतिक पूर्वाधारको अवस्थामा भने खासै सुधार आउन सकेको छैन #अनलाईन


Facebook Comment


No ads found for this position