हिँउले सेताम्य मुक्तिनाथ (फोटो फिचर)

मौसम परीवर्त भए लगतै हिमाल पारीको जिल्लामा मुक्तिनाथमा हिउले सेताम्य भएको छ । धार्मिक तथा पर्यटकीय हिसावले ख्याती कमाएको मुक्तीनाथ क्षेत्रमा गए राती देखी हिउ पर्न थालेको हो । लामो समय पश्चात हिउ परेपछी मुक्तीनाथ घुम्न तथा मन्दिर दर्शन गर्न आएका पर्यटकहरु निकै खुसी भएको सुरज गुरुङ्गले बताए ।

पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा हल्का पानीसमेत परेको छ । उच्च हिमाली भेगमा हिमपात भएको छ ।पानी र हिमपातका कारण केही चिसो महसुस भए पनि अब जाडो हराउने मौसमविदको दाबी छ ।दिपायल, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ लगायत जिल्लाहरुमा शुक्रबार बिहानैदेखि पानी परिरहेको स्थानीयले जानकारी दिएका छन् ।

पश्चिम र मध्य नेपालको तुलनामा पूर्वी नेपालमा भने मौसममा कम बदली भएको छ । तर, पूर्वी भेगमा पनि बिस्तारै मौसम बदली हुँदै जाने, पानी पर्ने र उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमान गरिएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।


Facebook Comment


No ads found for this position