हाँडीगाउँ–गोसाइँकुण्ड पर्यटन भ्रमण सुरु

काठमाडौँ, ३० साउन । कामपा–५ स्थित हाँडीगाउँ–गहना पोखरीलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले राष्ट्रिय सांस्कृतिक पर्व÷बाह्रमहिने पर्यटन पर्व सार्वजनिक÷नेपालमण्डल हाँडीगाउँः गोसाइँकुण्ड (शिलु)भ्रमण आजदेखि सुरू गरिएको छ ।
मेची महाकाली–हिमाल तराई मेमहित राष्ट्रिय अभियानले बाणभन्ज्याङदेखि चन्द्रगिरि, दक्षिणकाली क्षेत्र, लेले क्षेत्र, फुल्चोकी, साँगा भन्ज्याङ, नगरकोट, शिवपुरी, ककनी क्षेत्र, नागार्जुन, बलम्बु थानकोट हुँदै यात्रा गर्ने अभियानकर्मी कृष्ण केसीले जानकारी दिनुभयो ।
कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले आज यहाँ भ्रमणको शुभारम्भ गर्दै पुरानो इतिहास बोकेको हाँडीगाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बारे आफूले मन्त्रिपरिषद्मा छलफल गराउने जनाउनुभयो ।
अभियानले हाँडीगाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लगायत माग सहित कृषिमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सो अवसरमा सांसद जेवी टुहुरे, राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दीपुरुष सत्यमोहन जोशी लगायतले हाँडीगाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
भ्रमणको नारा ‘राजधानीको नेपालमण्डलः हाँडीगाउ,ँ पचहत्तर जिल्लाका पचहत्तर ठाउँ, राष्ट्रिय पहिचान सहितका नमुना पर्यटन गन्तव्य बनाऔँ’ छ ।


Facebook Comment


No ads found for this position