स्व रवीन्द्र अधिकारीको सम्झनामा फोटो प्रदर्शनी शुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व रवीन्द्र अधिकारीको सम्झनामा फोटो प्रदर्शनी शुरु भएको छ ।
काठमाडौंको सिनामंगलस्थित ‘एभियसन म्यूजियम’मा जारी फोटो प्रर्दशनीको उद्घाटन गर्दै पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले भने स्व रवीन्द्र अधिकारी र मेरो सम्बन्ध दाजुभाईको जस्तो थियो । जहीले पनी स्व अधिकारीले भाईको जस्तो ब्यबहार गर्नु हुन्थीयो र काम गर्दा पनी के कसरी गर्ने भनेर सर सल्लाह दिने गरेको बताए ।


कार्यक्रममा अधिकारीकी पत्नी विद्या भट्टराईले काम गर्दा हौसला दीने प्रचलन बढाएको राम्रो हुने बताए । मानिसको कहिले काही काम गर्दा त्रुटी हुन सक्छ त्यसलार्य सल्लाह र सुझाव दिएर अगाढी बढन् पेरीत गर्नु पर्ने बताए । प्रदर्शनीमा पर्यटन मन्त्री रवीन्द्र अधिकारी एभियसन म्यूजियममा घुम्न जाँदा खिचिएका तस्वीरहरु राखिएको छ ।
प्रदर्शनी आजदेखि १० जेठसम्म म्यूजियमको हुम्ला हलमा सञ्चालन हुनेछ ।
प्रदर्शनीमा राखिएका ३० मध्ये नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठका पाँच फोटो पनि समावेश छन ।
१५ फागुनमा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको मृत्यु भएको थियो ।


Facebook Comment


No ads found for this position