स्वर्गको टुक्रा “खप्तड”का विशेषताहरु

स्वर्गको एक टुक्रा खप्तडको विशेषताहरुसुदूरपश्चिमका चार जिल्ला बझाङ, बाजुरा, अछाम र डोटीमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज’ पुगेर प्रफुल्ल नहुने को होला रु खप्तड बाबाको सुझावअनुसार सन् १९८४ मा स्थापना गरिएको यो निकुञ्जले दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफल ओगेटेको छ । खप्तड बाबाको आ श्रम रहेको यो निकुञ्जमा नागढुंगा, केदाढुंगा र खप्तडढुंगाजस्ता अरू धार्मिक स्थानहरू पनि छ ।

ठूला­ठूला भिरालो फाँट रहेको यो भूगोल स्वर्गको टुक्राजस्तै लाग्छ । निकुञ्जमा खप्तड र अर्को एक गरी दुई ठूला घाँसेमैदान छन् । वैशाखदेखि भदौ, असोजसम्म यी हरिया घाँसेमैदानमा असंख्य घोडा चरिरहेको देख्न सकिन्छ ।

घोडदौडा पाटन, खप्तड पाटन चरीचरनका लागि पनि प्रख्यात छन् । गर्मी मौसममा यहाँ गाईबस्तु चराइन्छ । खप्तड पाटनको छेवैमा रहेको खप्तड दह धार्मिक हिसाबले पनि प्रख्यात छ । यहाँ नुहाए पाप पखालिने विश्वास गरिन्छ । असार(साउनमा यहाँ फुल्ने फूलहरूले मनै चोरिलैजान्छन् । सिंगो निकुञ्ज नै रंगीन बनेको हुन्छ ।

नियमित कामबाट दिक्क भएको बेला खप्तड क्षेत्रमा ट्रेकिङ नयाँ गन्तव्य हुन सक्छ । खप्तड पुग्न गाह्रो पनि छैन । सिलगढी वा चैनपुरबाट हिँडेरै पनि खप्तड पुग्न सकिन्छ । चैनपुरबाट हवाईजहाज यात्रा पनि गर्न सकिन्छ । धनगढीबाट बझाङसम्म जिपमा र त्यहाँबाट आठ घन्टा जति पैदल हिँडेर पनि खप्तड पुग्न सकिन्छ । प्रशस्त होटेल नभएकाले खानेकुरा आफैं बोक्नु उपयुक्त हुन्छ । गर्मी मौसम खप्तड भ्रमणका लागि सुहाउँदो मानिन्छ ।

#साभार अन्नपूर्ण

 


Facebook Comment


No ads found for this position