स्वदेशीको मात्र होइन विदेशीहरुको पनि सपना हो मुस्ताङ पुग्ने (फाेटाे फिचर)

बर्षा शाह
प्राकृतीक सुन्दरताले मात्रा नभएर धार्मिक हिसावले पनी महत्तवपुर्ण छ हिमाल पारीको गिाँउको रुपमा परिचित मुस्ताङ । नेपालको लागि पर्यटकिय र धार्मिक हिसाबले महत्वपूर्ण मुस्ताङ हेर्दामा जति सुन्दर छ, त्यँहा पुग्न उस्तै कठिन छ। भनेको, चाहेको बेला जहाज पाईदैन । गाडीको यात्रा झन् सहज छैन । तर यती अफ्ठयाराहरुका बिचमा पनि भिडभाड भईरहने ठाँउ हो, मुस्ताङको मुक्तिनाथ क्षेत्र। मुस्ताङको सदरमुकाम हो जोमसोम ।

जोमसोम बजार सानो भए पनि रमाइलो छ । हरेक नेपालीको मात्र होइन विदेशीहरुको पनि सपना हो त्यँहा पुग्ने । अरुको जस्तो सपना मेरो पनि थियो । त्यहि सपना बोकेर अंकलको निमन्त्रणालाई सुर्कादै काठमाडौं देखि जोमसोमको लागि गुडे म बसमा ।
तर त्यो यात्रा मैले सोचे जस्तो सजिलो भने रहेन । काठमाडौंबाट बेनी, बेनीबाट घासाँ, घासाँबाट मार्फा अनि मात्र मार्फाबाट जोमसोम । अगिलो दिन बेलुका ७ बजे हिडेको म भोलि पल्ट राति ९ बजे मात्र पुगे जोमसोम । उक तिर कालिगण्डकी सुसाको छ अर्को तिर बाटो सानो आखामा डरले आशु मात्र आउन बाकि छ । तर पनि मन थामेको छु ।

यसरी यात्रा गरेर राति पुगेको जोमसोमको सुन्दरता मैले त्यति बेला देखे जब म बिहानी पख उठेर आफु बसेको कोठाबाट बाहिर चिहाए । त्यस पछि मैले हिजोको कठिनाइ पूर्ण यात्रा बिर्से । त्यस पछिको एक हप्ता मैले त्यहि हिमाल पारीको गाँउको रुपमा परिचित स्वर्गको टुक्रा रमाए । त्यँहा देखिने त्यो निलगिरीको मोह लाग्ने दिश्य , स्याउका ति बगैचा, अनि सुन्दर मौसम । मानौ मलाई त्यहाको प्रकृतिसँग गहिरो प्रेम बसेको छ । त्यहाँ घुम्दै गर्दा लाग्यो होटल नै होटलका ति गाँउ जसले पर्यटकलाई पर्खिरहेका छन ।

muktinath @ ghumphir (1) muktinath @ ghumphir (2) muktinath @ ghumphir (3) muktinath @ ghumphir (4) muktinath @ ghumphir (5) muktinath @ ghumphir (7) muktinath @ ghumphir (8)


Facebook Comment


No ads found for this position