स्मार्ट फोन बोक्नु हुन्छ ? थाहा पाईराख्नुस

के हो प्रोसेसर ?
कुनै पनि स्मार्टफोनमा भएको प्रोसेसर उक्त स्मार्टफोनको कार्यका लागि जिम्मेवार हुन्छ । जति राम्रो प्रोसेसर भयो, स्मार्टफोनको पर्फमेन्स पनि उति नै राम्रो हुन्छ । प्रोसेसरलाई स्मार्टफोनको मस्तिष्क पनि भन्न सकिन्छ । यसले नै फोनका सबै गतिविधि नियन्त्रण गर्छ । यसमा एक प्रकारको इलेक्ट्रोनिक सर्किट हुन्छ । यसको पर्फमेन्सलाई हर्ज, किलोहर्ज, मेगाहर्ज तथा गिगाहर्जका आधारमा
मापन गरिन्छ ।


के हो कोर ?
प्रोसेसरको कार्यक्षमता बढाउन त्यसमा भएका कोरले महत्वपूर्ण भूमिका खेल्छ । कोरको संख्या जति धेरै हुन्छ, उति नै यसको काम पनि राम्रो हुन्छ । स्मार्टफोनमा मल्टिटास्किङ, गेमिङ, फोटो, भिडियो तथा हेभी एप्लिकेसनलाई सहज रूपमा चलाउन कोरको महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि काम गर्न एउटा मात्र कोरले हुँदैन । फरक–फरक कोर मिलेर सबै काम पूर्ण हुन्छ । त्यसैले जति धेरै कोर भयो, स्मार्टफोनको स्पिड पनि उति नै बढ्छ । नेपालमा अक्टाकोर प्रोसेसरयुक्त स्मार्टफोन उपलब्ध छन् । यद्यपि डेकाकोर प्रोसेसर भएका स्मार्टफोन पनि नेपाली बजारमा पाइन्छन् ।

सिंगलकोर प्रोसेसर
यसमा सिंगलकोर प्रोसेसिङ युनिट उपलब्ध हुन्छ । एउटा मात्र प्रोसेसिङ युनिट हुने भएकाले यसमा मल्टिटास्किङ अर्थात् एकैपटक धेरै काम गर्न सकिँदैन । यो प्रोसेसर गेम खेल्न वा एउटै समयमा धेरै काम गर्न उपयुक्त छैन । यसलाई बेसिक प्रोसेसर पनि भनिन्छ ।

ड्युअलकोर प्रोसेसर
यसमा दुईवटा कोर हुन्छन् । ड्युअल कोर युनिटमा फोनको पर्फमेन्स दुई बराबार भागमा बाँडिएको हुन्छ । यसमा इन्टरनेट चलाउनुका साथै सामान्य टास्क सम्पन्न गर्न उपयुक्त एप्स चलाउन सकिन्छ ।

क्वाडकोर प्रोसेसर
यसमा ड्युअलकोर भन्दा थप दुई कोरसमेत उपलब्ध हुन्छ । दुई गुणा कोर हुने भएकाले यसको पर्फमेन्स पनि ड्युअलकोर भन्दा दुई गुणा हुन्छ । चार कोर युनिट हुनुका साथै यसले डाटा ट्रान्सफर पनि तीव्र गतिमा गर्न सक्छ । यो प्रोसेसर गेमिङका सौखिनहरूका लागि उपयुक्त छ ।

हेक्साकोर प्रोसेसर
हेक्साकोरमा ६ कोर हुन्छन् । यसमा गेमिङ र मल्टिटास्किङ दुवै काम तीव्र गतिमा गर्न सकिन्छ । यसमा फोन ह्याङ हुने समस्या कमै हुन्छ ।

अक्टाकोर प्रोसेसर
हाल यसलाई सर्वाधिक राम्रो प्रोसेसरमध्ये एक मानिन्छ । यसमा ८ कोर हुन्छन् । यसको सहयोगले फोनको स्पिडका साथै पर्फमेन्स पनि राम्रो हुन्छ । यो प्रोसेसर भिडियो स्ट्रिमिङ, मल्टिटास्किङ, गेमिङ आदिका लागि निकै उपयुक्त मानिन्छ । यसबाट प्रयोगकर्ताले स्मार्टफोनको पर्याप्त उपयोग
गर्न सक्छन् ।

डेकाकोर प्रोसेसर
डेका कोर सर्वाधिक आधुनिक र स्मार्ट प्रोसेसर हो । यसमा १० कोर युनिट हुन्छन् । स्मार्टफोनको उपयोग धेरै गर्ने वा धेरै कार्यका लागि फोन चलाउनेहरूका लागि डेकाकोर निकै उपयोगी हुन्छ । डेकाकोर प्रोसेसर हाल महँगा स्मार्टफोनमा मात्र उपलब्ध छ ।


Facebook Comment


No ads found for this position