सुनसरीका अधिकांश गाउँ डुबानमा

इनरुवा, ५ साउन । दुई दिनदेखिको अविरल वर्षाका कारण सुनसरीका अधिकांश ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण घरघरमा पानी पसेपछि छिटाहा गाविसका २० परिवार सडकमा शरण लिन बाध्य भएको स्थानीयवासी गणेश मण्डलले बताउनुभयो । यस्तै बूढी खोला, गडन खोला र सुनसरी खोलाको बाढीले अधिकांश गाउँ डुबानमा परेको बताइएको छ ।


Facebook Comment


No ads found for this position