सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा व्यवसायी जुट्दै

 

काठमाडौँ, ५ भदौँ । पर्यटनको प्रचुर सम्भावना भए पनि भौगोलिक कठिनाइ तथा पूर्वाधार अभावले ओझेलमा परेको सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्न व्यवसायी जुटेका छन् ।

पृथ्वीको स्वर्ग मानिने रारा, प्राकृतिक सुन्दरता तथा जैविक विविधताले भरिपूर्ण खप्तड क्षेत्र, रामारोशन, ब्याँश आदि पवित्र धार्मिक तीर्थस्थलको पर्यटन प्रवद्र्धन अभियान सुरु गरिएको छ ।

व्यावसायिक संस्थाले त्यस्ता सम्भावना बोकेका नयाँ गन्तव्यको प्रवद्र्धनका लागि पर्यटकीय प्याकेज बनाएर प्रचारप्रसार गरिरहेका छन् । नेपाल पर्यटन बोर्डले ययस वर्ष सुुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि योजनावद्ध कार्यक्रम अघि बढाएको छ ।
kaptad-national-park
बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले सुदूरपश्चिमको समग्र पर्यटन विकास गर्न बोर्डले विशेष प्राथमिकता दिएको बताउनुभयो । खप्तड क्षेत्रमा पर्यटकको सुविधा (बास बस्ने पाल) को व्यवस्थाका लागि तत्काल रु ३५ लाख बजेट विनियोजन गरिएको छ ।

सरकारले घोषणा गरेको आन्तरिक पर्यटन ‘घुमफिर वर्ष’ लाई लक्षित गरेर सुदूरका सम्भाव्य पर्यटकीय गन्तव्यको प्रवद्र्धन विकासमा बोर्ड लागिपरेको छ । सुदूरपश्चिमको समग्र पर्यटन विकासको गुरुयोजना बनाउन लागिएको बोर्ड सदस्य सापकोटाको भनाइ छ । यसै सन्दर्भमा नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा लागिपरेको सोसाइटी अफ् ‘ट्राभल एण्ड टूर अपरेटर्स’ (सोट्टो–नेपाल)ले रारा क्षेत्रको प्रवद्र्धन गर्ने भएको छ ।
rara-lake-trekking
रारा क्षेत्रको प्रवद्र्धन गरी आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले टुर कार्यक्रमको आयोजना गर्न लागिएको सोट्टो नेपालका अध्यक्ष यामबहादुर खड्काले बताउनुभयो । यसअघि ‘लुम्बीनी–स्वर्गद्वारी’ र आसपासका नयाँ गन्तव्यको प्रवद्र्धन गरेको र सुदूरका थप नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने र वर्षभरी यस्ता कार्यक्रम चलाइने सो संस्थाले जनाएको छ ।
Khaptad_NP
यही भदौ २४ गतेदेखि बर्दियाबाट सुरु हुने यात्रा सुर्खेत, कालिकोट, जुम्लाहुँदै ३१ गते रारा पुग्नेछ । यात्राका क्रममा हरेक जिल्लाका पर्यटन व्यवसायी, स्थानीय बासिन्दा र सरकारी प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरी पर्यटकीय प्याकेज निर्माणमा सहकार्य गरिने संस्थाले जनाएको छ ।


Facebook Comment


No ads found for this position