‘सिद्धू पाजी’ले पनि कपिल शर्मा शो छाड्‍ने

एजेन्सी: भारतीय चर्चित कमेडियन टिभी रियालीटी शो ‘कमेडी नाइट्‌स विथ कपिल’बाट पूर्व क्रिकेटर नवजोत सिंह सिद्धूले पनि छाड्‍ने भएका छन्।
‘चायवाले चन्दु’ र ‘नानी’ले छाड्ने निर्णय गरेसँगै ‘सिद्धू पाजी’ले कपिल शर्माको शो छाड्‍ने भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्।

उनी पञ्‍जाबका मन्त्री समेत हुन्। सिद्धूले कपिल शर्माको शोमा काम गर्नेबारे पञ्‍जाबमा धेरै विवाद भएको थियो। तर उनले काम गर्न भने मानेका थिएनन्। किनकी उसले यहीबाट आफ्नो घर गृहस्ती चलिरहेको बताउँदै आएका थिए। तर पञ्‍जाबका महान्‍यायाधिवक्ताले बिहीबार काम गर्न असंवैधानिक भएको अभिव्यक्ति दिएका छन्।

उनीहरुले शो छाडेपछि कपिल शर्माले एक्लैले किकु शारदा र नवजोतसिंहसँग सुटिङ गर्नु परेको थियो। सुनिलले शोमा नफर्किने निर्णय गरेपछि कपिल शर्मालाई कमेडी शो चलाउन निक्कै मेहनत गर्नु पर्ने बताइएको छ।


Facebook Comment


No ads found for this position