साना दललाई आकर्षक मन्त्रालय

२६ असार, काठमाडौं । सरकारले व्यवस्थापिका संसदमा एकदुई सिट भएका साना दललाई सरकारमा सहभागी गराएर संविधान संशोधन विधेयक पारित गराउन अन्तिम कसरत थालेको छ।

हाल सत्तासीन दलबाट मात्र संशोधनका पक्षमा दुई तिहाइ नपुग्ने भएपछि सरकारमा सहभागी मुख्य दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको विपक्षमा रहेका तर एकदुई सांसद भएका साना दललाई सरकारमा सहभागी गराएर संशोधनको पक्षमा दुई तिहाइ पुर्याउने अन्तिम कसरत थालेको हो ।

सरकारमा सहभागी एक मन्त्रीले गत शुक्रबार सरकार पक्ष तथा आन्दोलनरत राजपाका शीर्ष नेताहरूको बालुवाटारमा भएको छलफलमा संशोधन निर्णयार्थ पेस गर्ने समझदारी जुटेपछि साना दललाई सरकारमा ल्याएर दुई तिहाइ पुर्याउने अभ्यास तीव्र बनेको हो। उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारबाटै साना दलसँगको छलफल तीव्र बनाएका छन्। केही दलले सरकारमा सहभागी भएर संशोधनको पक्षमा मत हाल्ने संकेत समेत गरेपछि सरकार हौसिएको  छ ।


Facebook Comment


No ads found for this position