सरकारी कर्मचारीकै मिलेमतोमा सिंगो बस्ती व्यक्तिलाई नामसारी

माघ, काठमाडौं । रौतहटमा सरकारी कर्मचारी र भूमाफिया मिलेर सिंगै बस्ती रहेको करिब ४ बिघा जग्गा व्यक्तिको नाममा नामसारी गराएका छन् ।

वर्षौदेखि उपभोग गर्दै आएको घरघडेरी खाली गर्नुपर्‍यो भन्दै अपरिचित व्यक्तिले दिनहुँ धम्याउन थालेपछि सिंगै गाउँ त्रस्त भएको छ ।

 

लक्ष्मीनिया २, विजयपुरको जग्गा सरकारी कर्मचारी र भूमिफियाको मिलेमतोमा नवल किशोर राय यादवको नाममा नामसारी भएको हो ।

बस्तीसहितको २ बिघा ८ कठ्ठा जग्गा भने जिल्ला प्रशासनले तत्कालका लागि रोक्का गरेको छ ।

उता, दिनहुँ बस्तीसहितको सिंगो गाउँ खाली गर्न, नत्र डोजर लगाएर भत्काउने धम्की आउन थालेपछि स्थानीय गुहार माग्न जिल्ला प्रशासन कार्यालय रौतहट पुगेका छन् ।


Facebook Comment


No ads found for this position