सदरमुकाम जोड्ने सडक सञ्चालन नहुँदा यात्रु मारमा

भोजपुर, २३ साउन । भोजपुर जिल्ला सदरमुकाम जोड्ने शाखा सडकहरु सञ्चालन नहुँदा भोजपुर सदरमुकाम आउने तथा जाने यात्रु मारमा परेका छन् ।

भोजपुर–घारेटार सडकखण्ड नियमित सञ्चालन गर्ने जिम्मा पाएको एसएन आरटिपीले सडक मर्मत गर्न पर्याप्त हेरालु राखेको भए तापनि हेरालुले सन्तोषजनक काम नगर्दा यातायात सञ्चालन हुन नसकेको हो ।

भोजपुर नगरपालिका र मानेभञ्ज्याङ गाविस बीचमा पिखुवा खोला रहेको र वर्षात्को बाढीका कारण पिखुवा खोलामा यातायातका साधन तार्न नसक्दा सवारी साधन सञ्चालनमा समस्या भएको हो ।

मानेभञ्ज्याङ, रानीवास, होम्ताङ, खैराङ, सिन्द्राङ, हसनपुर र पात्लेपानीलगायतका १३ गाविसलाई जोड्ने भोजपुर–घोडेटार सडक सञ्चालनमा सम्बन्धित पक्षको ध्यान नपुग्दा यातायात सञ्चालनमा समस्या झेल्नुपरेको रानीवासका स्थानीयवासी ज्ञानबहादुर राईले बताउनुभयो ।

यता जिल्लाको प्रसिद्ध दिङ्ला बजार जोड्ने भोजपुर–दिङ्ला सडक र खोटाङ जोड्ने भोजपुर–चखेवा सडक सञ्चालनमा समेत सरोकारवालाको ध्यान नपुग्दा जिल्ला सदरमुकाम आवातजावतमा समस्या भएको छ ।


Facebook Comment


No ads found for this position