सडक खन्न आदेश दिएकाे कुरा सरासर गलत हो : राज्यमन्त्री बुढा

१० चैत, काठमाडौं । पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले आफ्नो ठाडो आदेशमा डोल्पामा बाटो खनेको भन्ने आरोपको खण्डन गरेका छन् । मैले सडक खन्नका लागी कुनै पनी त्यस्तो आदेश दिएका छैन , यदी त्यस्तो आदेश दिएको भन्ने कुरा सरासर गलत हो । उनले भने डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालीकाको वडा न १ देखि पहाडा सम्म सडक खन्ने बिषयमा केही अनलाईनहरुले भ्रमास समचार छापेका रहेछन् । यो सरसर गलत हो । प्रेस बिज्ञप्ती जारी गदै राज्यमन्त्री बुढाले भने बाटो खन्ने बिषयमा पटक पटक स्थानियबासी तथा जिल्लामा अवस्थित राजनैतिक दलहरुबिच सर्वदलीय बैठक बसेर सडक खन्ने काम भएको हो । मेरो काम तथा म प्रति जिल्लाबासीले देखाएको सदभावको ईष्यालाई सहन नसकी यस्तो भ्रमाक र कपोकल्पीत कुरा आएको मैले बुझेको छु ।

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो कुनै मेरो व्यक्तिगत फाइदा नभइकन डोल्पाली जनताको हितका लागि र समग्र पर्यटन क्षेत्रको विकासको लागि सडक खन्ने काम अगाढि बढेको हो । विकास गर्नु के नराम्रो हो र

पर्यटन राज्यमन्त्रीको ठाडो आदेशले बाटो खनिएको भन्ने सामाचार भ्रामक र झूटो भएको भन्दै उनले यस्ता झूटा समाचारबाट सचेत हुन सबै डोल्पाली जनतालाई आग्रह पनि गरेका छन् ।

सबैभन्दा ठूलो शक्ति जनता हुन् भन्दै राज्यमन्त्री बुढाले आफू जहिले पनि जनताको सुझाव र सल्लाहअनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।


Facebook Comment


No ads found for this position