सडकले पुरिएको जलेश्वर मन्दिरको पुनः निर्माण

 

बेनी, म्याग्दी,  मंसिर : म्याग्दीको बेनी नगरपालिका–८ मा अवस्थित जलेश्वर मन्दिरको पुनः निर्माण गरिएको छ । बेनी–गलेश्वर सडकखण्डमा कालोपत्र गर्ने क्रममा ठेकेदार कम्पनीले सावधानी अपनाउन नसक्दा दुई वर्षअगाडि पुरिएको सो मन्दिरका बारेमा भक्तजन र धार्मिक संघसंस्थाले चासो देखाएपछि पुनः निर्माण गरिएको गलेश्वरका युवा अमृतमान शेरचनले बताउनुभयो ।

सयौँ वर्ष पुरानो मन्दिर पूर्णरुपमा पुरिएपछि भक्तजनले बाहिर दर्शन गरेर फर्कने गरेका थिए । गलेश्वर मन्दिरको प्रवेशद्वार तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र मानिने जलेश्वरको सो मंदिर गलेश्वर मन्दिरबाट १० मिनेटको दुरीमा रहेको छ । सो मन् िदरको संरक्षणमा स्थानीयवासीले पटकपटक अनुरोध गरे पनि बेवास्ता गरिँदै आएको थियो । सडकलाई फराकिलो बनाउने क्रममा पुरिएको सो मन्दिर करिब रु १० लाखको लागतमा निर्माण गरिएको हो । गाईको थुनका आकृतिबाट पानीको धारा खस्ने सो स्थानलाई जलेश्वर नामाकरण गरिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीका अनुसार गलेश्वर महादेवको दर्शन गर्न जाने भक्तजनले सबैभन्दा पहिलो जलेश्वर महादेवको दर्शन गर्नुपर्दछ । मत्स्य पुराण, श्रीमद्भागवत लगायतका धार्मिक ग्रन्थमा जलेश्वर महादेवको दर्शन गरी जलले स्नान गरेमा मुक्ति मिल्ने उल्लेख गरिएको छ ।


Facebook Comment


No ads found for this position