संसारकै उत्कृष्ट पर्यटन गन्तव्य ‘नेपाल’ को चर्चा मकाउमा

चीनको मकाउमा सुरु भएको ‘पाटा ट्राभल मार्ट २०१७’ मा नेपाल सहभागी भएको छ । मार्टमा पाटा–नेपाल च्याप्टर, नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, विभिन्न होटल, ट्राभल एजेन्सी लगायत सहभागी छन् । यसमा ६० देशका १ हजारभन्दा बढी प्रतिनिधि सहभागी भइरहेका छन् ।

मार्टमा नेपालको नेतृत्व गर्दै आएका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विश्वभरिका पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको बताए । विनाशकारी भूकम्पपछि नेपालको पर्यटनले गति लिन थालेको उनले बताए । नेपालको र्पटन क्षेत्र विश्वको भन्दा निकै फरक भएका कारण नेपाल विश्वको एक उत्कृयट गन्तब्य स्थल भएको बताए ।

यस्ता मार्टले नेपालको पर्यटन क्षेत्रमा निकै प्रभाव पार्ने बताए।प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरका अध्यक्ष सुमन पाँडेले नेपाली ट्राभल कम्पनीहरू व्यापार विस्तार गर्न यसखालको अन्तर्राष्ट्रिय ट्राभल मार्टमा सहभागी हुनुपर्ने बताए । यसमा वायुसेवा निगम र पर्यटन बोर्डको सहकार्यबाट थप सहयोग पुगेको उनको भनाइ छ ।

त्यसैगरी पाटाका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले पाटाले आयोजना गर्ने मार्ट वर्षौंदेखि क्रेता र बिक्रेताको राम्रो मञ्च भएको बताए । पाटाका उपाध्यक्ष क्रिस बट्रिलले नेपाल संसारकै उत्कृष्ट पर्यटन गन्तव्य भएको बताए ।


Facebook Comment


No ads found for this position