शिशुको मृत्युपछि अस्पताल तनावग्रस्त

 

                         Ishan-Child-and-Woman-Hospi                               काठमाडौँ, ७ भदौ । स्थानीय वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुङ्गामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ ।
अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको जनाउँदै आफन्तले शव बुझेका छैनन् । सोमबार राति १ बजे निमोनियाबाट पीडित तीनवर्षीय विकृष्ण महर्जनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

सघन उपचार कक्षमा भर्ना गरी उपचार भइरहेको बालकको बिहान ५.४५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत विपीन जङ्गमले जानकारी दिनुभयो ।

अस्पतालसँग दुई पटकसम्म छलफलमा बस्दा पनि आफन्तले शव नबुझेको जङ्गमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बच्चालाई राति शिक्षण अस्पताल महाराजगन्जमा सघन उपचार कक्षमा शैय्या खाली नभएकाले हाम्रो अस्पतालमा रेफर गरिएको थियो । मृतक शिशुको निमोनिया बिग्रिसकेको रहेछ । छातीबाट मुटुतिर निमोनिया फैलिएकोले मृत्यु भएको हो ।’’

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले बिहान तनावग्रस्त भए पनि अहिले वातावरण सामान्य भइसकेको बताउनुभयो ।


Facebook Comment


No ads found for this position