विश्वप्रख्यात आरोही बोयान पेट्रो हिमाल आरोहणको क्रमम हराए, खाेजी कार्य जारी

बुलगेरीया विश्वप्रख्यात आरोही बोयान पेट्रो सिसापाड हिमाल आरोहणको क्रमम हराएका छन् ।

मकालु एडभान्चर कम्पनी मार्फत गएको ब्राउनको खोजी कार्य जारी रहेको मकालु एडभान्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले बताए । उनले भने ब्रोउन आरोहणका लागी एप्रिल २९ मा प्रस्थान गरेका थिए ।
उनी यो भन्दा अघी ८ हजारका १० वटा अग्ला हिमाल शेर्पा विना नै एक्लै विना अक्सीजन आरोहण गरीसकेका थिए । ११ औ आरोहण्का क्रममा उनी सम्पर्क बिहीन भएका हुन् ।
सम्पर्क बिहनि भएपछी ब्रोउनलाई हेलीकप्टर मार्फत खोज्नका लागी पहिलो पटक चिन सरकारसग मकालु एडभान्चरको अगुवाईमा समन्वय गरीएको थियो ।

चिन सरकारको स्वीकृत पाए लगतै सिसापड हिमाल तर्फ सिम्रीक एयरको हेलीले खोजी गरेको छ । तर तिन दिन सम्म खोजीएका गर्दा पनी पत्ता लगाउन नसकीएको निर्देशक लम्सालले बताए ।
उनले भने हेलीकप्टर सहित सिसापड हिमालको उचाई भन्दा १० मिटर तल सम्म शेर्पा हरु गएको खोजी कार्य गरे । तर कही कतै भेटाउन सकीएको छैन । ७ हजार ५ सय मिटरको उचाई सम्म उनी पुगेको जानकारी रहेको छ । तर तत् पश्चात कुनै जानकारी नभएको बताए ।

उद्दारमा पहिलो पटक नेपालबाट हेलिकोप्टर

पेट्रोको उद्दारमा नेपालबाट पहिलो पटक हेलिकोप्टर पठाइएको छ । चीनले नेपालको निजी क्षेत्रलाई पहिलो पटक ४ दिनका लागि दुई वटा हेलिकोप्टर उडाउन अनुमति दिएको लम्सालले बताए ।

‘हेलिकोप्टरका लागि पनि प्रयास गरौं भनेर लाग्यौं, चीन सरकार पोजेटिभ भयो, पहिलो पटक ४ दिनका लागि दुई वटा हेलिकोप्टर ४ पटक आउन र ४ पटक जानका लागि अनुमति पायौं’ उनले भने ।

चीन सरकारले हराएका आरोही पेट्रोको उद्दारका लागि मे महिनाको १०, ११, १२ र १३ तारेखमा सिमि्रक एयरको दुईवटा हेलिकोप्टर तिब्बतमा उडाउन अनुमति दिएको हो ।

चार दिनसम्म दुई हेलिकोप्टरले सिसापाङ हिमालको शिखरदेखि १० मिटर तलसम्म पुगेर खोजी गर्दा पनि पेट्रोबारे कुनै सुखद समाचार ल्याउन सकेन ।

पेट्रोृ नभेटिनु दुखद भए पनि तिब्बतमा नेपालबाट हेलिकोप्टर लगेर उद्दार गर्न पाउनु नेपाली पर्यटन क्षेत्रका लागि सुखद खबर भएको लम्साल बताउँछन् । ‘यसले आरोहीहरुको कन्फिडेन्स विल्ड अप गराउँछ’ उनले भने ‘अहिलेसम्म तिब्बतमा रेस्कु दिँदैन भन्ने थियो, तर अब रेस्क्यू हुन सक्छ भन्ने सन्देश जानेछ, यसले आगामी दिनमा नेपाल हुँदै तिब्बतमा हिमाल आरोहण गर्न जानेको संख्या बढ्न सक्छ ।’

हाल तिब्बती भूमिबाट नेपाल र तिब्बतकै हिमाल चढ्नका लागि ३ देखि ४ हजार पर्यटक जाने गरेका छन् ।

पेट्रोको खोजीका लागि चीन सरकारले हेलिकोप्टर उड्न अनुमतिमात्र होइन, १० जनाको उद्दार टोली नै पठाइदियो । मे १३ तारेखमा चीनका १० जना उद्दारकर्ताले सिसापाङ हिमालको टुप्पोभन्दा १५ मिटर तलसम्म पुगेर खोजी गरेका थिए । तर त्यतिबेला आधारशिविरमा रहेको पेट्रोको टेन्टसमेत फेला नपरेको लम्साल बताउँछन् ।

आरोही पेट्रो मधुमेहका विरामी थिए । खाना खानुअघि आफैंले इन्सुलिन लगाउँथे । उनले मकालु एडभेञ्चरलाई आफूलाई चिनीरहित खानेकुराको व्यवस्था गरिदिन भनेका थिए । ‘हाम्रा कुकहरुलाई त्यही अनुसार व्यवस्था गर्न लगाएका थियौं’ लम्सालले भने ।

तर, पहिलो आधार शिविरबाट सहयोगीविना नै अघि बढेका थिए । ८ हजार मिटर भन्दा अग्लो १० वटा हिमाल आरोहण गरेका पेट्रो ११ औं आरोहणका क्रममा उनी सम्पर्कविहीन भएका हुन् । उनले आरोहण गर्न अप्ठेरो मानिएको पाकिस्तानको माउन्ट केटू र नेपालको धौलागिरी हिमालसमेत सहयोगी विना नै आरोहण गरेका थिए ।


Facebook Comment


No ads found for this position