विश्वकै सबैभन्दा लामो पदमार्ग : ग्रेट हिमालय ट्रेल (फाेटाफिचर)

सरकार नेपाल भ्रमण वर्ष २०२० को तयारीमा छ । भ्रमण वर्षलाई लक्षित गर्दै पूर्वको कञ्चनजंघा हिमालदेखि पश्चिमको दार्चुला सम्मलाई समेटेर ‘ग्रेट हिमालय ट्रेल’ फोटो पुस्तक सार्वजनिक भएको छ ।

ग्रेट हिमालय ट्रेल विश्वकै सबैभन्दा लामो पदमार्ग मानिन्छ । पदमार्गलाई दश खण्डमा विभाजित गरेर हिमालयन म्याप हाउसले पुस्तक प्रकाशन गरेको हो ।

कञ्चनजंघा, मकालु, सोलुखुम्बु र एभरेष्ट, रोल्वालिङ, लाङटाङ, मनास्लु र गणेश, अन्नपूर्ण, नार र फु, मुस्ताङ, डोल्पो, मुगु र हुम्ला र सुदूरपश्चिम खण्ड गरेर पुस्तक प्रकाशन गरिएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले नेपाल चिन्न र साहसिक यात्रा गर्न चाहनेका लागि पुस्तक उपयोगी हुने बताएका छन् ।

हिमालय म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्यले पुस्तक १० वर्षपछि दोस्रो संस्करणमा प्रकाशन गरेको जानकारी गराए ।

पुस्तकले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने विश्वास लिइएको छ ।

पुस्तकमा प्रकाशन भएका अधिकांश तस्वीरहरू रोबिनले खिचेका छन् भने केही तस्वीर अन्य फोटोग्राफरका पनि समावेश गरिएको छ ।

के हाे ग्रेट हिमालय ट्रेल ?

नेपालको पूर्वी भेगको कञ्चनजंघादेखि ग्रेट हिमालयन ट्रेल’को ट्रेक सुरु भइ सुदूरपश्चिमको हुम्ला जिल्लाको हिल्सासम्म हो अहिले थप गरिएकोमा खप्तडसम्म जान्छन्।

यसरी नेपालको पूर्वी भेगको कञ्चनजंघादेखि सुदूरपश्चिमको दार्चुलासम्मको उच्च हिमाली क्षेत्र हुँदै गरिने ट्रेकिङ रुटलाई नै ‘ग्रेट हिमालयन ट्रेल’ भनी चिनिन्छ।

नेपाल खण्डमा रहेको र, लगभग १७ सय किलोमिटर लामो उच्च हिमाली क्षेत्रको पदयात्रा मार्गलाई नै आजभोलि अंग्रेजी भाषामा ‘ग्रेट हिमालयन ट्रेल’ भनी चिनिन्छ।

यो रुटमा पनि १० वटा मुख्य शाखा रुट विभाजन गरिएको छ । त्यस्तै यो क्षेत्रको पदयात्रा गर्न चाहने पदयात्रीहरुलाई ‘हाई एल्टिच्युड रुट’ र ‘लो एल्टिच्युड रुट’ गरी दुई वटा बाटो तय गरिएको छ ।

त्यस्तै यो रुटमा पदयात्रा गर्न चाहने पदयात्रीमध्ये कोही सुरुदेखि अन्तसम्मै संलग्न हुन्छन् भने कोही–कोही बीच–बीचमा र ठाउँठाउँमा थपिने र घट्ने वा भनौं ट्रेक बीचमै छोडेर घर फर्कने हुन्छन्।

जस्तो उदाहरणका लागि ग्रेट हिमालयन ट्रेलको पूरा यात्रा गर्न सक्दिन भन्ने कोही पर्यटक ताप्लेजुङको कञ्चनजंघादेखि संखुवासभाको मकालुसम्म, कोही सोलुखुम्बुको थामेसम्म, कोही दोलखाको गौरीशंकरसम्म, सिन्धुपाल्चोकको हेलम्बुसम्म, कोही रसुवाको लाङटाङ वा तामाङ हेरिटेज ट्रेलसम्म, कोही गणेश हिमालसम्म, कोही मनास्लुसम्म, कोही मनाङसम्म, कोही मुस्ताङ माथिल्लो भेगसम्म, कोही डोल्पासम्म कोही मुगुको रारा तालसम्म को यात्राका लागि आउँछन् भने, थपिने पर्यटकहरु पनि मकालु, थामे, गौरीशंकर, लाङटाङ, मनास्लु, मनाङ, मुस्ताङ, डोल्पा आदि ठाउँबाट थपिदै जान्छन् ।

पुस्तकमा समावेश भएका केही तस्वीरहरुः


Facebook Comment


No ads found for this position