लेक लागेर पर्यटकका भरियाको मृत्यु

चरीकोट, १० कात्तिक :सोलुखुम्बुको सल्यान गाउँपालिका–४ का पर्यटकका भरिया मणिकुमार राईको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार नेदरल्याण्डसका १० पर्यटक लिएर दोलखाको रोल्वालिङ क्षेत्र गएका राईको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । 

यसैगरी भीमेश्वर नगरपालिका–८ मा आज अपराह्न टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका करिब ५७ वर्षीय गुप्तबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बा७ख ३८२८ नंको टिप्परमा चढेर ओर्लने क्रममा बस्नेतको सोही टिप्परले किच्दा मृत्यु भएको स्थानीयवासीले बताएका छन् । बस्नेतलाई टिप्परले किचेर घाइते भएपछि चरीकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Facebook Comment


No ads found for this position