लुम्बिनीमा १० लाख दीप प्रज्वलन

भैरहवा, फागुन ५ । बौद्धदर्शन र विश्व शान्तिका लागि लुम्बिनीमा १० लाख दीप प्रज्वलन गरिएको छ ।

चीनको ‘लाइट अ लुम्बिनी रोड अफ डेस्टिनी उइथ बुद्धिजम्’ अभियानले लुम्बिनीमा १० लाख दीप प्रज्वलनको आयोजना गरेको हो ।विगत एक महिनादेखि लुम्बिनीमा गरिएको दीप प्रज्वलनको बुधबार नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले समापन गरे ।गत जनवरी १५ देखि सुरु गरिएको अभियान १० लाख दीप प्रज्वलन गरी समापन गरिएको हो ।लुम्बिनीलाई बुद्ध जन्मस्थान भनेर चिनाउनु नै यो अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ ।अभियान चीनको बेइजिङबाट यात्रा प्रारम्भ गरी संघाई, हङकङ, मकाउ, ताइवान गरी ६० हजारकिलो मिटर पार गरेर लुम्बिनी आएको हो ।

अभियान चीनको विभिन्न स्थानका ३६० बुद्धबिहार भ्रमण गरी लुम्बिनीमा आर्शिवाद ग्रहण गर्न आएको हो ।चीनको सरकारी टीभी सीसीटीभी–४ का टिमले लुम्बिनीको छायाँकन गरी लुम्बिनीको महत्वबारे डकुमेन्ट्रीसमेत तयार गरी चीनमा बुद्धको प्रचार–प्रसार गर्ने बताएका छन् ।समारोहमा भिक्षु महासंघका अध्यक्ष भिक्षु ज्ञानपूर्णिका महास्थविरले लुम्बिनीलाई बुद्ध जन्मस्थल र बौद्धदर्शन र शान्तिस्रोतकारुपमा परिचय गराउन गरिएको प्रयासको प्रशंसा गरेका थिए ।


Facebook Comment


No ads found for this position