लिच्छविकालीन सम्पदा बेवारिस

 कृष्ण थापा

विदुर नगरपालिका २ सरस्वतीथानमा रहेका लिच्छवीकालीन संरचना संरक्षण अभावमा बेवारिसे हुन पुगेका छन् । अंशुबर्माले निर्माण गराएका मठमन्दिर र चैत्य जीर्णोद्धार नगरिँदा अहिले भग्नावशेष अवस्थामा छन् ।

भग्नावशेष छेउछाउका झार पन्छाउँदै स्थानीय अर्जुन घिमिरेले भने, ‘यी देवीदेवता संरक्षण गर्ने कुनै निकाय भएन ।’ दक्षिणपूर्व फैलिएको उक्त स्थानमा अंशुबर्माले बनाउन लगाएको चैत्य छ । नजिकै भित्तामा भैरवको मूर्ति छ । मूर्तिको मुखपट्टि आधा भाग फुटेको छ । पूर्वी कोणमा गणेशको मूर्ति छ । घिमिरेले थपे, ‘यही मूर्तिबाट अंशुबर्माकालीन भएको पुष्टि हुन आएको थियो ।’ चैत्य उक्लने स्थानमा पूर्व फर्केका दुई सिंहका प्रतिमा छन् । पश्चिम कोणमा एउटा शिला छ जसमा राजा पृथ्वीनारायण शाहले यी सम्पदा मर्मतसुधार गरेको उल्लेख छ । संरक्षण अभावमा शिलालेख पनि खिइँदै गएको स्थानीय अनुपराजसिंह खड्काले बताए ।


Facebook Comment


No ads found for this position