राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र घोषणा

काठमाडौँ, ३ साउन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तेह्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र घोषणा गरेको छ ।

राष्ट्रिय निकुञ्जको काठ दाउरा जोगिनुको साथै त्यहाँका दुर्लभ वन्यजन्तुको समेत संरक्षण हुने भएकाले मध्यवर्ती क्षेत्र घोषणा गरिएको हो ।

विभागले २०५३ सालदेखि मध्यवर्ती क्षेत्र घोषणा गर्न सुरु गरेको हो । सुरुमा चितवन र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा गरेको थियो । त्यसपछि क्रमशः २०५५ मा लाङटाङ र शे–फोक्सुण्डो, २०५६ मा मकालु वरुण, २०५९ मा सगरमाथा राष्ट्रिय निकुञ्ज, २०६१ मा शुक्लाफाँटा र कोसीटप्पु, २०६२ मा पर्सा वन्यजन्तु आरक्ष, २०६३ मा रारा र खप्तड, २०६७ मा बाँके र २०७३ मा शिवपुरी– नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा गरेको हो ।

विभागका सूचना अधिकारी नारायण रुपाखेतीले मध्यवर्ती क्षेत्र घोषणासँगै लाखौँ जनता लाभान्वित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय निकुञ्ज संरक्षण पनि गर्ने र त्यसको सुविधा पनि नागरिकले नै प्रयोग गर्न पाउँछन् ।”

राष्ट्रिय निकुञ्जको काठ दाउरा जोगिनुको साथै त्यहाँका दुर्लभ वन्यजन्तुको समेत संरक्षण हुने रुपाखेतीले बताउनुभयो । ठूलो काठ दाउराको प्रयोग गर्नुपरे राष्ट्रिय निकुञ्जसँग अनुमति लिनुपर्ने सानो कामका लागि मध्यवर्ती क्षेत्रको समितिले निर्णय गर्ने व्यवस्था गरिएको छ ।

यस्तै निकुञ्जले आम्दानीको केही प्रतिशत रकम स्थानीयलाई संरक्षणमा सहयोग पु¥याएबापत दिने समेत गरेको रुपाखेती बताउनुुहुन्छ ।


Facebook Comment


No ads found for this position