राराको पर्यटन विकास प्रती राज्यको स्पष्ट निति आश्यक छ : ब्यबसायी कार्की

सामान्य पूर्वाधारको विकास प्रचार प्रसारको व्यापकतासँगै पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भएको छ। जसका कारण अहिले राजधानी, पोखरा, चितवनबाहेक पश्चिम क्षेत्रमा पनि आन्तरिक पर्यटकको चहपहल बढेको छ। प्राकृतिक सुन्दरताको अनुपम उपहार मानिने रारा विशेषगरी सडक पूर्वाधारको अभावको कारण खासै चर्चामा आउन सकेको थिएन। तर पछिल्लो समय बाटोको विकासले गर्दा यो तालमा आउने आन्तरिक पर्यटकहरु बढेको छ । रारामा पर्यटकको संख्या विगतको तुलनामा अत्याधिक देखाएको र समग्र राराको पर्यटनको विकास र यसको आवश्यक्ता बारेमा पर्यटन ब्यबसायी एव राराताल छेउमा संचालीत भिलेज हिरीटेज एण्ड रिर्सोटका संचालक  तथा भिजीट कर्णाली टुर एण्ड ट्राभल्स प्रा ली का प्रबन्ध निर्देशक राजु कार्कीसग घुमफिरले गरेको कुराकानी
रारामा अहिले आन्तरीक पर्यटकहरुको चहलपहल कस्तो छ ?
तुलनात्मक रुपमा पहिलेको भन्दा अहिले धेरै राम्रो भएको छ र हामी खुसीपनी छौ । यो दशौ वर्षपछाडी यस्तो भएको हो । यसको लागी हामी साथीभाइले देशैभरि प्रचार प्रसार पनी ग¥यौ र यसको रिजल्ट जुन छ नी यो वर्ष बीचबाट देखीएको छ । अहिले अब यो सालको ठयाकक डेटा नभएपनी यो सीजनमा दशहजार आन्तरिक पर्यटक र 2 सय 50 विदेशी पर्यटकहरु रारा भिजीट गरेको देखीन्छ ।
यो वर्ष यतीका पर्यटक आउनु र व्यवस्थापनका तर्फबाट कस्तो व्यवस्था गर्नु भएको छ ?
यहाले भनेजस्तै व्यवस्थापनमा केही समस्याहरु भएका छन, किन भने यो भन्दा अगाडी यत्रो सख्यामा पर्यटकहरु आउदैन थे र रारामा पर्यटककालागी राम्रो व्यस्थापन कसैले गरेको पनी थिएन । हिजो पर्यटकहरु कम आउने हुनाले होटलहरुपनी कम खोलीएका थिए र त्यही अनुसारको लजिङ फुडिङको व्यस्थापन गर्ने गरिन्थ्यो ।यो पाली ह्वातै बड्दा केहि समस्याहरु त भए तै पनी रारामा रहेका दुईवटा होटलले त्यसको व्यवस्थापन ग¥यो ,त्यसको अतिरित्त नजीकै रहेको माझघट्ट ,र नजीकै रहेको होमस्टेले पनी हामीलाई सहयोग ग¥यो । अब चाहि व्यवस्थापन गर्न पर्यटक बड्ने भएपछि हामीले चाहि टेन्ट बडाउने तीर लागेका छौ ।
राराका समस्याहरु कस्तो देख्नु भएको छ  ?
रारा,काठमान्डौ बाट एकदम टाढा छ भनेर धेरैले भन्छ , तर हामी चाहि नजीक भन्छौ ।त्यो हुदा हुदै पनी सुर्खेत हुदै गाडी जानेमा जुम्ला सम्म मात्रै पीच छ त्यहाबाट ९२ किलोमीटर सडक पीच छैन ।त्यसकालागी पुरै एकडेढ दिन लाग्ने र जादा हिउदमा केहि अफ्ठेराहरु छन् ।त्याहा चाहि आईसहरु जम्ने बाटोमा त्यहा एउटा लेक क्रस गर्नुपर्ने भएको ले ।

अब अर्को वर्षामा भने पानी पर्दा कच्चीरोडहरु विग्रने समस्याहरु छन। जहाज जम्मा एउटामात्र भएकोले नियमीतरुपमा जहाजहरु त गैइनैरहेको छ तैपनी समस्या के भन्दाखेरी भने कहिलेकाही म्यानपावरको बडी फ्लो हुदा ,टुरिस्टको बडी फ्लो हुदा कहीलेकाही टीकट न पाएर एकदुई दिन स्टे गर्नुपर्ने खालका समस्याहरु छ ।मुख्य समस्याहरु यी भए , अर्को समस्या भनेको नियमीतरुपमा गाडीहरु न चल्दापेसेन्जर बेसको गाडी छैन ,रिर्जभ बेसको गाडी हो ,रिर्जभ बेसको गाडी भएमा जाने भएन भने नजाने भएकोले आउन जानलाई केहि समस्याहरु देखीएको छ । तैपनी हामीले चार्टर फ्लाईटहरु गरिरहेका छौ र भोलीपनी गर्छौ , सम्भव त रेगुलर एउटा फ्लाईट त छदै छ यदि आन्तरिक र बाह् पर्यटक बडेको खण्डमा थप चार्टर फ्लाईट थप्न पनी हामी सम्बन्धीत एयरलाइन्सलाई र सरोकारवाला निकायलाई रिक्वेस्ट गर्छौ ।

रारा पुगेर फर्केनेहरुका अनुसार त्याहा राराको बारेमा जानकारीमुलक केही पनी छैन भन्छन, मान्छेहरु चितवन पोखरा गैरहेकाहरु राम्रो विकास भएको ठाउमा गइरहेको मान्छे रारा जादौ त्यस्तो लाग्न सक्छ किनभने रारा भर्जिन गन्तब्य पनी हो यहा भर्खर भर्खर भएकोले त्यहा पुग्नेले अनेत्रको जस्तै सेवा सुविधा खोज्छ । अब तस्तो सुबिधा अहिले छैन । त्यसले गर्दा केहि समस्याहरु रहलान तैपनी अहिले जस्तै नेपाल टुरिर्जमबोर्ड निकुञ्ज विभाग हामीले सल्लाह पनी गरिरहेका छौ र ठाउ ठाउमा जानकारि मुलकसाईनबोर्डहरु राख्ने सोचमा छौ ।

इन्फरमेसन बोर्डपनी नजीकै बन्दै पनी छ ।त्यसले गर्दा जब टुरिष्ट पुगिसकेपछि चाई त्यहा के रहेछ भन्ने बुझ्न खोज्छ यो कुरा सम्बन्धीत अफिसहरुले पनी फिल गरेपछि सम्भव त आउने दिनहरुमा त्यो खालको समस्याहरुपनी न रहला ,टुरिष्टले खोजेका सोचेका सम्पुर्ण इन्फममेसन फुल रुपमा पाउछ ।
इन्फरमेसन डेक्स कुन ठाउमा बन्दै छ  ?
इन्फरमेसन डेक्स चाहि संस्कृती तथा पर्यटन मन्त्रालय अन्र्तगत रहेर पर्यटन विभाग मार्फत ताल्चा विमानस्थल बाट पाच मिनेट माथी, त्यहा चाहि पर्यटन सुचनाकेन्द्र भनेर विभागले बनाउदै छ ।सम्भव त बैशाख महिनासम्ममा बनी सक्छ । त्यहाबाट इन्फममेसन दिन मिल्नेगरि टुरिर्जमबोर्ड, टुरिर्जम मन्त्रालय , राष्ट्रिय निकुञ्ज ,निकुञ्जमार्फत नै सुचना प्रवाह हुन्छ ।आन्तरिक वा बाह् पर्यटक जुनसुकै सुचनाहरु त्यहा पाईने छ ।
रारामा पर्यटक पुगेनन् भन्ने थियो , अब आएर अत्याधिक भए , यसलाई व्यवस्थापन कसरी गर्ने  ?
यो त राज्यले पनी सोच्नुपर्ने कुरा हो ।यसकोलागी राज्यले कसरी व्यवस्थापनगर्ने भन्ने कुरा सोच्नुपर्ने हो । राज्यले पुर्वाधार कसरी विकास गर्ने भन्नेकुरा राज्यले हेर्ने हो ।जस्तो अहिले एयरर्पोट छ ,तर न टर्मिनल छ न टावर छ ,चौरमा टिकट बाड्नुपर्ने अवस्था छ । पहिला त टर्मिनल टावर जस्ता कुराको नै व्यवस्थापन गर्नुपर्ने छ ।

कोहीपनी मान्छे गयो भने टिकट कहाँ पाउछ भन्दा चाहि टिकट यहा पाइन्छ ,भन्ने हुनु प¥यो ।सम्पूर्ण एयरर्पोटको व्यवस्थापन राम्रो संग भयो भने मलाई लाग्छ उडानहरु ढीलोसम्म हुन सक्छ । त्यसले गर्दा राज्यले पुर्वाधारमा जोडदिनु प¥यो ।स्थानीयव्यवसायीहरु मीलेर पर्यटन प्रवद्धन र त्यसको सुरक्षा लगाएत कुरामा ध्यान दिएर दिर्घकालीन रुपमा कसरीलान सकिन्छ भन्ने कुरामा सोच्नुपर्ने हुन्छ । रारामा आईसकेपछि तालबाहेक अन्य के कुराले पर्यटकहरुको बसाईलाइ लमब्याउन सकिन्छ र अरु के छ तेस्तो सबै भन्दा महत्वपूर्ण कुरानै यहि हो ।

रारा जादा कस्तो किसिमको प्याकेज छ  ?
रारा जादा प्याकेज नभएको होईन,प्याकेज छ ।कर्णाली ट्राभल्सले निरन्तर नेपाली, विदेशी दुबैकालागी प्याकेज छ ।प्याकेजहरु चाहि हामी नर्मली मानीसहरुलाई टाइमिङ अनुसारको छ । एकदम व्यस्त मानीसहरुको लागी चाहि तीनदिन देखी लिएर चौध दिनसम्मको प्याकेज छ ।हामीले अहिले चारवटा प्याकेजहरु बेचीरहेका छौ ।

एउटा तीन दिनको, एउटा पाचँदिनको, एउटा सातदिनको र एउटा चौधदिनको ।तिनदिनको भनेको एकदमै व्यस्त मानिसहरुका लागी जसको दुइदिन छुट्टि छ र छुट्टि मनाउन रारा गयो भने उसलाई गएको दिन रारामै पुग्छ एकदिन त्यही बस्छ र अर्कोदिन फर्कन्छ यसरी तिनदिन भयो ।अर्को पाचदिनको प्याकेजमा जो जुम्लाबाट जान्छन, जुम्लाबाट दुइदिन हिड्नुपर्छ यसरी जानेलाई पाचदिनको प्याकेज त्यस्तै सात दिनकोलागी भनेको हामीले बर्दियालाई पनी जोडेका छौ ।बर्दिया पनी हाम्रो पर्यटन सम्बन्धी महत्वपूर्ण पार्ट हो ।बर्दिया दुइदिन स्टे गरेर सातदिन गरेका छौ ।

भिलेज हिरीटेज एण्ड रिर्सोट

जुन चौधदिनको प्याकेज छ यसमा खप्तड हुदै रारा निस्कने अथवा राराबाट खप्तड निस्कनेहरुका लागी यो प्याकेज हो ।अहिले विशेष गरेर तीन दिन देखी पाचँदिनको प्याकेज बडी चलेको छ ।
प्याकेजहरुको मुल्य कती राख्नुभएको छ ?
गाढीमा सातदिनको नर्मली २५ हजार पर्छ ।काठमान्डौबाट गाढीमा जादा लजिङ फुडिङ सहित २५ हजार पर्छ ।अब म जहाजमै जान्छु भन्नेहरुका लागी ओहोर दोहोर गर्दा ३५ हजार प्रती पर्न आउछ । यसमा सम्पूर्णकाम हामीले गरिदिन्छौ बस्ने खाने देखी हवाईटिकट लोकल गाइड सम्पूर्ण हाम्रो हुन्छ ।यो मलाई लाग्छ धेरै महंगोपनी हैन ।

यो क्षेत्रमा समस्या के देख्नु भएको छ  ?
समस्या भनेको एक नम्बरमा भन्नु पर्दा बाहिर बाट जानेहरु जो चाहि अनुभवी मानीसहरु छन् उनीहरुले विभिन्न माध्यबाट विभिन्न जानकारि लिएर गएका हुन्छन् ।पछिल्लो सरणमा अलीकती युथहरुचाहि कुनै प्लानीङ विना गईदिने र विना प्लानीङ बीन फर्कने यस्लेविना होटल बुकिङ रारा पुग्दीने र अर्कोकुरा नेपालगञ्ज बाट सोजै रारा जादा ओहो टिकट त पाउदो रहेन छ भन्ने कुराले उनीहरुमा एकखालको समस्या देखिन्छ ।

हिउ पर्दाको रारा ताल

उनीहरु कुनै माध्यम वा भनौ भिजीट कर्णाली मार्फन न आएर आफै सोझै आउदा वा भनौ आफ्नै सवारीसाधनलिएर नेपालगञ्ज हुदै जान्छन र टिकट खोज्छन यो समस्या अहिले देखिएको छ ।त्यसैले हामीले भनेका छौ कि कोहीपनी रारा जानुपरेको खण्डमा तपाईहरु जसरी विदेश जादा प्लान बनाउनु हुन्छ त्यो खालको प्लान बनाउनुस हाम्रो सम्पर्कमा आउनुस ।

अहिले कर्णालीयात्राकोलागी बसैभन्दा बडी भिजीटर भएको हाम्रो साइडमा हेर्नुस कर्णालीडटकममा भिजीट गर्नुस , त्यहाबाट विभिन्न कुराहरु बुझनुस यसमा हामी सबैकुरामो जानकारी उपलब्द गराउछौ ।यसरी तपाईहरु जादा बस्दा फर्किदा कुनैपनी समस्या हुदैन ।विना प्लान जादाअलीकती समस्याहरु देखिन्छ ।

सरकारी स्तरबाट सुचनाहरु कसरी संप्रशण भएको छ  ?
रारामा विशेषगरि सरकारी तरवबाट भन्नु पर्दा निकुञ्ज हो सरकारी स्तरबाट रामै्र सहयोग गरिरहेको छ ।कीन भन्दा निकुञ्जमा कोही ११बजे पनी पुग्छ ,अन्त कतै एस्तोखालको निकुञ्ज भएको भए सायद रोक्थ्यो होला , रारा हेर्ने भनेर आइसकेपछी त्यो खालको प्रिभिलेज रारा राष्ट्रिय निकुञ्जले दिएको छ ।

यहा ११ बजे इन्ट्री हुन्छ विचका कहिपनी बस्ने ठाउ छैन ।तरपनी त्यहाको सम्पूर्ण सुरक्षाकर्मीहरुले सहयोग गरेको छ ।११ बजे १२ बजे पनी त्यहा पुगेको पर्यटक जहापुग्नु पर्नेहो विना रोकटोक त्यहा पुगिरहेको अवश्था छ।यसलाई सहयोग नै मान्नु पर्छ ।अर्को मलाई लाग्छ पर्यटन क्षेत्रमा रारा आपसे आप चर्चामा आएपनी यस प्रती सरकारको स्पष्ट नीती चाहि देखीदैन र हामीले के भनेका छौ भन्दा रारा भनेको मध्यपश्चिमकै एउटा पर्यटकिय गन्तब्य हो पहिला राराबाट विकास सुरु गरौ,रारावरिपरी पुर्वाधारको विकास गरौ ,रारा कुनै मुगाली अथवा कर्णालीको मात्र होइन,रारा सिङगो नेपालको देशकै गहना हो ।रारा मुगु जिल्लामा पर्छ भनेर बजेट कमपार्ने हैन ।रारामा नम्बर १ के हुनुप¥योरु भन्दा सुचना केन्द्र बन्दै छ त्यसलाई व्यवस्थीत  गर्नुप¥यो ।२ नम्बरमा राष्ट्रिय निकुञ्ज छ ,निकुञ्जले पनी हिजोको ढर्रामा चल्न भएन ,निकुञ्जमा पनी थप जानकारीमुलक सुचना हुनुप¥यो ।उसले जानकारी मुलक सुचना राख्न सक्छ ,रारा भित्र प्रवेश गर्ने स्थानहरुजुन छन नि ति ठाउहरुमा सुरक्षाकर्मीहरुको त्यस्तै खालको व्यवस्था हुनु प¥यो ।

अहिले अब जस्तै मीली चौरबाट मानीहरु प्रवेश गर्छन,त्यहा पोष्ट छैन,चोरीसीकारीका कुराहरु भोली कालन्तरमा गएर आउलान । राराबाट पर्यटनको विकास सुरुगर्नु पर्छ ,अहिले हामीले खोजीरहेको नम्बर १ कुरा भन्नु पर्दा रारावरिपरी रारा रीङरोड,रारा परीक्रमा पदमार्ग हो । कोही मानीस म साइक्लिङ गर्छु भन्दा गर्न पाओस,हर्सराइडिङ गर्छु भन्दा हर्सराईडीङ गर्न सकोस,अनी ठाउ ठाउमा बोर्डडेक चाहियो ।फिसीङ गर्नपाउनु प¥यो , फिसिङ भनेको मार्ने त हैन एकछिन रमाइलो गरेर छोडनेखालको हुनु¥यो ।

रारालाई पर्यटन विभाग ,पर्यटन मन्त्रालय,टुरिर्जमबोर्डले पनी अलीकत बजेटबचाएर रारा पुग्ने बाटोको लागी त्यहाबाट मानसरोबर हुदै खप्तडहुदै रारालाई सेन्टर बनाएर विभिन्न टे«किङरुटहरु निमार्ण गर्नुप¥यो र विच बिचमा विभिन्न सुचनामुलक जानकारीहरुको व्यवस्था गर्नुपर्छ ।
रारामा अहिले कती क्ष्यता छ  ?
रारामा दुइटा होटल गरिकन करिब बरिब टेन्ट सहित गर्दा खेरी द्दछण् मानीसहरु एकरातमा बस्न सक्ने अवश्था छ र अहिलेको अवश्थामा यही रफ्तारमा मानीसहरु बडेको खण्डमा हामीले टेण्टको संख्या बडाएर यसलार्ई थप सुविधायुक्त र पहिलेको भन्दा अझैराम्रोबनाउतिर लागेको छौ ।


Facebook Comment


No ads found for this position