राराताल, खप्तड, मुक्तिनाथ र कालिञ्चोक जादा ध्यानदिनु पर्ने कुराहरू

अहिले पछिल्लाे समय खप्तड,रारा, मुक्तीनाथ र कालीन्चाेकमा अान्तरीक पर्यटककाे घुइचाे नै लाग्ने गरेकाे छ । तर साे स्थानमा जादा कसरी जाने र के के लैजाने भन्ने बिषयमा जानकारी नहुदा पर्यटककले सास्ती समेत पाउनु परेकाे  छ भने कतिले साे स्थान पुगेर अाउदा नकरात्मक असर समेत परेकाे छ । साे स्थान जादा पुर्व तयारी  विना नै जाद केहि समस्या समेत हुने गरेकाे छ । साे स्थान जादा केही सहज हाेस भनेर साे क्षेत्रकाे हाेटल तथा सराेकार  निकायका नम्बर सहित हामीले अान्तरीक पर्यटलाइर् जानकारी दिने प्रयास गरेका छाै । साेही अन्तरगत खप्तड,रारा, मुक्तीनाथ र कालीन्चाेक गन्तव्यका  जानकारी सहित केही नम्बर हरू जानकारी गराएका छाै ।

यस्तै केही गन्तब्यहरू

राराताल

रारामा जलयात्रा गर्दै आन्तरीक पर्यटकहरु
सुर्य उदाँउदाको दृश्य
मुर्माटपबाट देखिएको राराको पुरा आकृती

कर्णाली अञ्चलको मुगुमा पर्ने राराताल (२९९० मिटर) मुलुककै ठूलो ताल हो । ताल १ सय ६७ मिटर गहिरो, ५.१ किमि लम्बाइ र ३ किमि चौडा छ । ताल किनारको लम्बाइ १४.६ किमि छ, हिँडेर फन्को मार्न ५ घन्टा लाग्छ ।
सरकारले विसं २०३२ सालमा बनाएको रारा राष्ट्रिय निकुञ्जको क्षेत्रफल १०६ वर्ग किमि छ । जुम्लाबाट पदयात्रा गर्दा घुच्चिको लेक(३,४४६ मिटर) र चुच्चेमारा (३,८०२ मिटर) पार गर्नु पर्छ । ताल किनारमा डाँफे र हेरिटेज नाउँका दुई होटल छन् । तालको पुरा छवी खिच्न मुर्माटप चढ्नु पर्छ ।

कसरी पुग्ने

काठमाडौं–जुम्ला ८२५ किमि । बसमा दुई दिन । काठमाडौं–नेपालगञ्ज–जुम्ला हवाई यात्रा एक घन्टा ३५ मिनेट । जुम्लाबाट ३ दिन हिँडे राराताल । अथवा नेपालगञ्जबाट मुगुको ताल्चासम्म ३५ मिनेट हवाई यात्रा । ताल्चाबाट दुई घन्टा पदयात्रामा ताल । बाँकेको कोहलपुरबाट सुर्खेत, कालिकोट हुँदै गमगढी ३७९ किमि । गमगढीबाट ३ घन्टा पदयात्रामा ताल । जुम्ला–गमगढी मोटर बाटो १२८ किमि ।

सम्पर्क
रारा राष्ट्रिय निकुञ्ज
फोनः ९९४८७००३७, ९८५१२२२८९९

खप्तड

सुन्दर सुदूरपश्चिमको आध्यात्मिक भुगोल–खप्तड । स्कन्द पुराणमा यसलाई खेचराद्री भनिएको छ । खप्तड हुँदै युधिष्ठिर स्वर्ग गएको विश्वास गरिन्छ । खप्तड बाबा आधा शताब्दीसम्म खप्तडमा बसेका थिए ।

खप्तडमा त्रिबेणीधाम, सहस्त्रलिंग, केदारढुँगा लगायत धार्मिक मन्दिर छन् । त्रिबेणीधाममा गंगा दशहराका बेला मेला लाग्छ । त्रिबेणीमा नुहाएमा पापबाट मुक्ति मिल्ने जनविश्वास छ ।

खप्तड (३२७६ मिटर) सुन्दर फूलबारी हो । त्यहाँ २२ वटा पाटन छन् । थरिथरिका चरा, वनस्पति र जडीबुटी पाइन्छ । सरकारले ०४३ असार ९ गते घोषणा गरेको खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किमिमा फैलिएको छ । यसमा बाजुरा, डोटी, बझाङ र अछामको भूमि पर्छ ।

निकुञ्ज मुख्यालयलाई केन्द्र मानेर त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्र लिंग र घोडा दाउने घुम्न कम्तिमा दुई दिन छुट्याउनु पर्छ ।

खप्तडमा सेनाको एउटा गुल्म छ । निकुञ्ज कार्यालयले बीचपानी र मुख्यालयमा गेस्ट हाउस चलाएको छ । पहिल्यै खबर गरेर जाँदा मात्र त्यहाँ खाना र बास पाइन्छ । त्यहाँ अरु होटल छैनन् ।

कसरी पुग्नेः

काठमाडौं–धनगढी ६५० किमि । बसमा करिब १४ घन्टा । धनगढी–सिलगढी २०० किमि । बसमा आठ घन्टा । अथवा काठमाडौं–धनगढी १ घन्टा हवाई यात्रा । डोटी सदरमुकाम सिलगढीबाट हिँडेर जाँदा झिग्रानामा बास । झिग्रानाबाट ८ घन्टा हिँडे निकुञ्ज मुख्यालय पुगिन्छ ।

सम्पर्क
खप्तड राष्ट्रिय निकुञ्ज
९८५८४६२२५५

मुक्तिनाथ

मुक्तिनाथ मन्दिर, मुस्ताङ

मुक्तिनाथ (३८०० मिटर) मन्दिर हिन्दु र बौद्धमार्गिको साझा तिर्थ मानिन्छ । मन्दिर दर्शन पछि मन्दिर हाताको १०८ धारामा नुहाए पाप पखालिने जनविश्वास छ । मूल मन्दिर भित्रको एउटै मूर्तिलाई हिन्दू र बौद्धमार्गी फरक फरक रुपमा पूज्छन् । मुल मूर्तिलाई हिन्दूहरु बिष्णु मान्छन् भने बौद्धमार्गी लुवाङ ग्याल्बो (नागराजा)का रुपमा पूज्छन् ।

मुक्तिनाथ हातामा नरसिंह गुम्बा, ज्वालामाई मन्दिरका साथमा शाक्यमुनि बुद्ध र गुरु पद्मसंभवका ठूल–ठूला मूर्ति छन् । मन्दिर मुन्तिर रानीपौवा बजारमा दुई दर्जन होटल र दुईटा धर्मशाला छन् ।

मुक्तिनाथ यात्रामा एक रात ठिनी गाउँमा बास बसे राम्रो हुन्छ । ठिनीको थकाली सामुदायिक होमस्टेमा सस्तोमा खाना र बास पाइन्छ । जोमसोमबाट दक्षिण दुई किलोमिटर दुरीको ठिनी गाउँमा रमणिय छ । निलगिरि हिमालको फेदीमा अबस्थित गाउँ ।

मुक्तिनाथ दर्शन गरेर फर्किंदा स्याउको सुकुटी, जिम्बु, शालीग्राम, स्याउको ब्राण्डी, सिमी आदि कोसेली ल्याउन सकिन्छ ।

कसरी पुग्नेः

काठमाडौं–बेनी २८२ किमि । बेनी–जोमसोम ७५ किमि । अथवा पोखरा–जोमसोम उडान १८ मिनेट । जोमसोम–मुक्तिनाथ २२ किमि । जोमसोम–मुक्तिनाथ जीप र बस चल्छन् । जोमसोम–ठिनी २ किमि । ठिनीसम्मै जिप र मोटरसाइकल पुग्छन् ।

सम्पर्क
जनप्रिय युवा क्लब
पूर्व अध्यक्ष, सुरज गुरुङ–९८४१४३७३७१

कालिञ्चोक

दोलखाको कालिञ्चोक (३,७०० मिटर) एउटा शक्ति पिठ हो । त्यहाँ भगवती, गणेशका मूर्ति र शिवपार्वती कुण्ड छन् । कालिञ्चोक दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ । त्यहाँ नयाँ वर्ष, जनै पूर्णिमा र मंसिरे पूर्णिमामा मेला लाग्छ ।
कालिञ्चोक बेस क्याम्प कुरी भञ्ज्याङमा ३२ वटा होटल छन् । जहाँ पाँच सयदेखि तीन हजार रुपैयाँसम्मका कोठा पाइन्छ । सादा खानाको दुई सय रुपैयाँ पर्छ ।कुरी बजारदेखि मन्दिरसम्म कालिञ्चोक दर्शन लिमिटेडले केवलकार चलाउने तयारी गरेको छ । कुरीबाट हिँडेर मन्दिरमा पुग्न एक घन्टा लाग्छ । कालिञ्चोकबाट सूर्योदय, सूर्यास्त र हिमालको रोचक दृश्य देखिन्छ । त्यहाँबाट लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि सगरमाथासम्म देखिन्छ ।

कालिञ्चोक यात्रा गर्दा चरिकोट मुन्तिर दोलखा बजारको भीमेश्वर दर्शनको पनि योजना बनाउनु पर्छ । यात्राबाट फर्कंदा छुर्पी, चिज, चौंरीको घ्यु, काष्ठकला, खरिढुँगा कला कोसेली ल्याउन सकिन्छ ।

कसरी पुग्नेः

काठमाडौं–चरिकोट १३३ किमि । चरिकोट–कालिञ्चोक १७ किमि । काठमाडौंको पुरानो बसपार्कबाट ६ घन्टा बसमा चरिकोट । चरिकोट–कुरी जीपमा दुई घन्टा । चरिकोट–कुरी पदयात्रा समय करिब ५ घन्टा ।

सम्पर्क 
होटल संघ कालिञ्चोक
९८४४०६१२८८

यदी तपाइरूकाे केही जानकारी तथा पर्यटन सग सराेकार राख्ने सुचना समचार तथा लेखहरू भएमा हामीलाइ समझनुहाे ।

हाम्राे इमेल

Email : [email protected]

 


Facebook Comment


No ads found for this position