राराका रुपहरु (फोटो फिचर)

रारा ताल नेपालको सबैभन्दा ठुलो ताल हो । मुगु जिल्लाम अवस्थिात रारा ताल समुन्द्रि सतहबाट २ हजार ९ सय ९० मिटर उचाइृमा रहेको छ ।
यो तालमा विश्वमै कहि पनी नभेटीने स्नो टाउट प्रजातीको माछा पाईन्छ । ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर चौडाइ र १ सय ६७ मिटर गहिराई रहेको राराको क्षेत्रफल ११ वर्गकिलोमिटर छ । हिँडेर एक फन्को मार्न मात्रै ५ घण्टा लाग्छ । रारा तालका पुरा आकृती हेर्न लागी समुन्द्री सतह बाट करीब ४ हजार मिटर उचाईमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो ।
यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदुर पश्चिम अन्चलका ६ वटा जिल्ला समेत देख्न सकिने रारा राष्टिय निकुन्जमा संचालीत भिलेज हिरीटेज होटलका संचालक एव भिजीट कर्णालीका टुर एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक राजु कार्की बताउछन् ।
रारामा बर्षभरी हेर्न लाएक स्थान भएको बताउछन् कार्की । उनी भन्छन् विन्टर सिजन, जुन समयमा हिउ नै हिउले ढाकीउको हुन्छ राराताल । अर्को फुल फुल्ने सयम जस्ले रगी चगी फुलहरुले रारा ताललाई घेरीएको हुन्छ । यो मौसम अन्य समय भन्दा फरक हुने भएकाले राराकौ रुप नै फरक हुन्छ ।

यी हुन् राराका मुख्य समस्याहरु

राजु कार्की
प्रबन्ध निर्देशक भिजीट कर्णाली टुर एण्ड ट्राभल्स

रारा,काठमान्डौ बाट एकदम टाढा छ भनेर धेरैले भन्छ , तर हामी चाहि नजीक भन्छौ ।त्यो हुदा हुदै पनी सुर्खेत हुदै गाडी जानेमा जुम्ला सम्म मात्रै पीच छ त्यहाबाट ९२ किलोमीटर सडक पीच छैन ।त्यसका लागी पुरै डेढ दिन लाग्ने र जादा हिउदमा केहि अफ्ठेराहरु छन् । आईसहरु जम्ने बाटोको एउटा लेक क्रस गर्नुपर्ने छ ।

वर्षामा भने पानी पर्दा कच्चीरोडहरु विग्रने समस्याहरु छन। जहाज जम्मा एउटामात्र भएकोले नियमीतरुपमा जहाजहरु त गैइनैरहेको छ तैपनी समस्या के भन्दाखेरी भने कहिलेकाही म्यानपावरको बडी फ्लो हुदा ,टुरिस्टको बडी फ्लो हुदा कहीलेकाही टीकट न पाएर एकदुई दिन स्टे गर्नुपर्ने खालका समस्याहरु छ ।  अर्को समस्या भनेको नियमीतरुपमा गाडीहरु न चल्दापेसेन्जर बेसको गाडी छैन ,रिर्जभ बेसको गाडी हो ,रिर्जभ बेसको गाडी भएमा जाने भएन भने नजाने भएकोले आउन जानलाई केहि समस्याहरु देखीएको छ । तैपनी हामीले चार्टर फ्लाईटहरु गरिरहेका छौ र भोलीपनी गर्छौ , सम्भव त रेगुलर एउटा फ्लाईट त छदै छ यदि आन्तरिक र बाह् पर्यटक बडेको खण्डमा थप चार्टर फ्लाईट थप्न पनी हामी सम्बन्धीत एयरलाइन्सलाई र सरोकारवाला निकायलाई रिक्वेस्ट गर्छौ ।

रारा पुगेर फर्केनेहरुका अनुसार त्याहा राराको बारेमा जानकारीमुलक केही पनी छैन भन्छन, मान्छेहरु चितवन पोखरा गैरहेकाहरु राम्रो विकास भएको ठाउमा गइरहेको मान्छे रारा जादौ त्यस्तो लाग्न सक्छ किनभने रारा भर्जिन गन्तब्य पनी हो यहा भर्खर भर्खर भएकोले त्यहा पुग्नेले अनेत्रको जस्तै सेवा सुविधा खोज्छ । अब तस्तो सुबिधा अहिले छैन । त्यसले गर्दा केहि समस्याहरु रहलान ।

इन्फरमेसन बोर्डपनी नजीकै बन्दै पनी छ ।त्यसले गर्दा जब टुरिष्ट पुगिसकेपछि चाई त्यहा के रहेछ भन्ने बुझ्न खोज्छ यो कुरा सम्बन्धीत अफिसहरुले पनी फिल गरेपछि सम्भव त आउने दिनहरुमा त्यो खालको समस्याहरुपनी न रहला ,टुरिष्टले खोजेका सोचेका सम्पुर्ण इन्फममेसन फुल रुपमा पाउछ ।
कसरी पुग्ने रारा
कर्णाली राजमार्ग हुदै सुर्खेत बाट गमगढी सम्म सार्वजनीक बस जान्छ । हवाईजहाज बाट नेपालगन्ज ताल्चा विमान स्थल । ताल्चा विमान स्थल बाट ३ घण्टा पैदल ।तस्बिरहरु :भरतबन्धु थापा/कविराज कार्की

पौषको अन्तिम देखि फागुन महिनाको पहिलो हप्ता सम्मको रारा ताल
पौषको अन्तिम देखि फागुन महिनाको पहिलो हप्ता सम्मको रारा ताल

सुर्य उदाँउदाको दृश्य
मुर्माटपबाट देखिएको राराको पुरा आकृती
रारामा जलयात्रा गर्दै आन्तरीक पर्यटकहरु
तालको छेउमै पर्यटकलाई ताल हेर्नका लागी बनाएको मचाङबाट देखिएको दृश्य
बैशाखको पहिलो हप्तामा राराताल
जेठको अन्तिम देखी असारको पहीलो हप्तासम्म


Facebook Comment


No ads found for this position