रानी महलको सुन्दरता (फोटो फिचर)

नेपालको ताज महलका रुपले प्रख्यात छ पाल्पाको रानी महल । यस्को निर्माण वि सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको थियो । कालीगण्डकी नदीको उत्तरतर्फ मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी रहेको छ ।

यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो। यस महलको पूर्व तिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन्। त्यस्तै वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ।
आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा दरबारको निर्माण गरिए तापनि पाँच वर्षसम्म मात्र राज गर्न पाएको जानकारहरूको भनाइ छ ।

पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम ३ घण्टा पैदल यात्राबाट पुग्न सकिने रानीमहलमा बाह्य पर्यटक भन्दा आन्तरीक पर्यटकको आगमन हुने गर्दछ । तस्बिरहरु :बिशाल रानामगर

rani mahal palpa @ ghumphir (1) rani mahal palpa @ ghumphir (2) rani mahal palpa @ ghumphir (3) rani mahal palpa @ ghumphir (4) rani mahal palpa @ ghumphir (5) rani mahal palpa @ ghumphir (6) rani mahal palpa @ ghumphir (7) rani mahal palpa @ ghumphir (8) rani mahal palpa @ ghumphir (9)


Facebook Comment


No ads found for this position