रानीमहल’ लाई स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी

पाल्पा – ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको ‘रानीमहल’ लाई स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी भर्इरहेकाे छ । हस्तान्तरणा प्रक्रिया कसरी र कस्काे भुमिका केह हुने भन्ने सम्झौतापत्र बनाउने कामसमेत अन्तिम चरणमा पुगेको छ । एेतिहासिक तथा पुरातात्त्विक महत्तव भएर पनि पर्यटकीय गन्तव्य बन्न नसेकेपछी यस्ताे खालकाे याेजना बनाएकाे हाे ।

स्थानीय तहलाई हस्तान्तरणपछि अपनत्व र स्वामित्व पनि लिएर यसको विकास  तथा पर्यटकीय स्थल बन्रे भन्दै  योजना मन्त्रालय र पुरातत्त्व विभागले यस्ताे खालकाे याेजना बनाएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले  भने  स्थानीय तहमा हस्तान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। ‘यहाँ के गर्ने वा नगर्ने भन्ने पुरातत्त्व विभागसँग बृहत् छलफल भइसकेको छ,’ उनले भने, ‘काठमाडौंमा बस्ने पुरातत्त्व विभागले यहाँको रानीमहललाई केही गर्न सकेन ।’

रानी महल सम्म सडक संजाल भएपनी स्तरीय सडक नभएका कारणा रानी महल अाउने पर्यटकले सास्ती बेर्हाेनु परकेाे  । यस्काे  विस्तार र स्तरोन्नतिको काममा समेत पहल गर्ने मन्त्री  अधिकारी बताए ।

१ सय २५ वर्षअघि तत्कालीन राणाकालीन जनरल खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा  बनाएकाे रानी महल कालीगण्डकी नदी किनारमा रहेकाे छ । यसलार्इ  प्रेमको प्रतीकका रूपमा पनी चिनिन्छ । पुरातत्त्व विभाग, स्थानीय तह र सम्बन्धित वडाले समेत प्रयोगमा ल्याउन नसक्दा अहिले अलपत्रजस्तै छ । विसं १९४९ मा सुरु गरेर ५४ मा निर्माण कार्य सकिएको हो । १ सय १९ वर्षअघि रानीको सम्झनामा बनाएका हुन् ।

भनिन्छ, खड्गशमशेरले आफ्नी रानीको मृत्युअघि काखमा राखेर तिमीले जे भने पनि मान्छु भन्दा, ‘मेरो नाममा नदीको किनार र एकान्त ठाउँमा भव्य महल बनाउनु भनिन्।’ त्यहीअनुसार यो भवन बनाएका हुन् । दरबार बनाउन कालीगण्डकी नदीमा जग हालिएको छ । यसलाई भारतको आग्रास्थित ताजमहलसँग पनि तुलना गर्ने गर्छन् । रानीमहलभित्र ठूल्ठूला कोठा छन् । काठैकाठ छन् । बाहिरबाट हेर्दा निकै सुन्दर देखिन्छ ।

तत्कालीन बेलायती इन्जिनियरहरू भारतबाट झिकाएर यसको डिजनाइन बनाइएको थियो । २०४२ सालको हावा हुरीले महललाई कुरूप बनाएको थियो । २०५४ मा लाखौं खर्चेर पुनर्निर्माण गरिए पनि संरक्षण गर्ने कोही नहँुदा जीर्ण बन्दै गयो । अहिले त्यसको पुन: मर्मत गरिएको हो ।


Facebook Comment


No ads found for this position