राणाकालिन दरबारहरू टिकाउन मुस्किल

१६ भदौ, काठमाडौं ।  भूकम्पले क्षतिग्रस्त राणाकालीन दर्जनौं दरबार पुरानै अवस्थामा टिकाइराख्न मुस्किल पर्ने भएको छ।पुरातत्व विभागले ती दरबारहरू सकेसम्म जोगाउन वा पुरानै मौलिक स्वरूपमा पुनर्निर्माण गर्न भनेको छ। तर क्षतिग्रस्त सबै दरबार त्यसरी बनाउन सम्भव नभएको सहरी विकास मन्त्रालयका प्राविधकहरू बताउँछन्।

Singaadurbarराष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालयसहित दर्जनौं प्रमुख सरकारी कार्यालय अहिलेसम्म पनि तिनै राणाकालीन भवनमा छन्।

सहरी विकास मन्त्रालय र सिंहदरबार पुनर्निर्माण सचिवालयले भत्काएर पुनर्निर्माण गर्नुपर्ने भनिरहेका भवनलाई पुरातत्व विभागले हदैसम्मको विकल्प प्रयोग गरेर अहिलेकैलाई जोगाउन अर्थात् पुरानै मौलिक स्वरूपमा पुनर्निर्माण गर्न दवाब दिइरहेको छ ।

यसबारे मन्त्रालय, पुनर्निर्माण सचिवालय र विभागबीच शीतयुद्व जस्तै चलिरहेको छ।

विभागको मान्यता अनुसार सबै स्थानमा पुनर्निर्माण गर्न सम्भव नहुने सहरी विकास मन्त्रालयका प्राविधिकहरु बताउँछन्।

सिंहदरवार सचिवालय पुन: निर्माण समितिले सिंहदरवारको मुख्य भवन (स्टेट हल रहेको पश्चिमको ठूलो दरवार) लाई भत्काएर पुननिर्माण गर्नुपर्ने सिफारिस गरेपनि पुरातत्वले स्विकृति दिएको छैन ।

समितिका निमित्त कार्यालय प्रमुख रामप्रसाद बेल्वासे उक्त दरवार भत्काएरै पुनर्निर्माण गर्नुपर्ने प्राविधिक अध्ययनबाट देखिएको बताए । तर, पुरातत्वले नमानेपछि शहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन ईकाईले उक्त दरवार बारे पुन: अध्ययन थालेको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको उक्त भवन १ सय ४ वर्ष पुरानो हो । वि.स २०३० सालमा आगलागी हुँदा उक्त भवनको अग्रभाग जोगाइएको थियो।


Facebook Comment


No ads found for this position