राजधानीमा भोटोजात्राको रौनक (फोटो फिचर)

काठमाडौं, जेठ ११ – वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो बिहीबार देखाइएको छ । भोटो देखाएसँगै नेपालकै सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको जात्रा सकिएको छ । बिहीबार ललितपुरको जाउलाखेल चोकमा

राष्ट्रपति विद्यादेवी भण्डारी, कार्यवाहक प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्कीसहितका विशिष्ट व्यक्तिको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका हुन् । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा लिच्छवी कालदेखि सुरू भएको मानिन्छ ।


बहुमुल्य हिरामोती जडित भोटोलाई हरेक वर्ष देखाउने गरिन्छ । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई भोटो उपहार दिएका थिए । रत्न जडित भोटो किसान वैद्यले खेतको आलीमा राखी


काममा व्यस्त भएको बेला हरायो । त्यसपछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दाबी गर्‍यो । दुवैका बिचमा भोटो खोसाखोस भयो । अनि विवाद उत्पन्न भयो । यो
विवाद राजा समक्ष पनि पुग्यो । तर लिच्छवी राजा गुणकामदेवले प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् ।

उनले प्रमाण लिएर नआउन्जेल भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनि जानकारी लिने उद्देश्यले त्यसलाई देखाए ।

यही परम्परा अनुसार हरेक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन भोटो कसको हो भनि रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीन पटक सम्म देखाउने प्रचलन रहि आएको मानिन्छ ।


मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रही आएको छ ।


Facebook Comment


No ads found for this position