राजधानीमा पनि गौरा पर्व मनाइँदै

 

काठमाडौँ, भदौ ७ गते ।  सुदूरपश्चिमको महìवपूर्ण धार्मिक पर्व ‘गौरा’ सोमबारबाट राजधानीमा पनि सुरु भएको छ ।  राजधानीको महादेवस्थानमा बिहान विरुडा भिजाएर सो पर्व सुरु गरिएको हो ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा स्थायी घर भई हाल राजधानीमा बसोवास गर्दै आएकाले धूमधामका साथ गौरा पर्व मनाउने गरेका छन् ।  प्रशंसा संरक्षण समूहका अध्यक्ष अम्बादत्त भट्टले यसपटक गौरा पर्व कृष्ण पञ्चमीमा परेको जानकारी दिनुभयो ।
सालैपिच्छे कृष्ण र शुक्ल पञ्चमीका दिन पर्ने गौरा पर्व लगातार पाँच दिनसम्म मनाइन्छ ।  भगवान् शिव र पार्वतीको पूजा आराधना गरी मनाइने गौरामा देउडा नाचको विशेष महìव हुने भएकाले गौरा मुलुकभर नै लोकप्रिय पर्व बन्दै गएको छ ।
गौरा पर्व आयोजक प्रशंसाका अध्यक्ष भट्टका अनुसार सोमबार भिजाइएको विरुडा मङ्गलबार पँधेरो तथा नजिकैको ढुङ्गेधारामा धुने तथा पखाल्ने, बुधबार घर–घर तथा मन्दिरभित्र भिœयाउने कार्यक्रम रहेको छ ।  भगवानको ‘प्रसाद’का रूपमा रहेका पाँच अन्न गहत, गहँु, केराउ, मास र गुराँसको मिश्रणबाट विरुडा बनाइएको हुन्छ ।  शुद्ध र चोखो बनेका महिलाले विरुडासँगै धान खेतबाट ल्याइएको सामाबाट पार्वतीको मूर्ति स्थापना गर्ने चलन छ ।
“घर तथा मन्दिरमा भिœयाइएको विरुडा तथा मूर्तिलाई भदौ ९ गते टँुडिखेलमा आयोजना गरिने विशेष कार्यक्रममा प्रदर्शन गरिनेछ,” अध्यक्ष भट्टले भन्नुभयो, “महादेवस्थानबाट दिउँसो १२ बजे पञ्चे बाजासहित पैदल यात्राबाटै विरुडा टुँडिखेल भिœयाउनुपर्ने भएकाले औपचारिक कार्यक्रम अपराह्न २ बजेपछि मात्र सुरु हुनेछ ।  विगत १५ वर्षदेखि राजधानीमा विशेष किसिमले गौरापर्व आयोजना गर्दै आएको प्रशंसा समूहले यो वर्ष पनि गौरामा देउडा नाचमा विशेष जोड दिएको छ ।  औपचारिक भाषण कार्यक्रमभन्दा पनि मनोरञ्जनात्मक देउडा नाच र गौरा नाचमा जोड दिएको उहाँले बताउनुभयो ।
गौरापर्व विभेदमुक्त पर्व र कम खर्चिलो भएकाले यसलाई सबैले मनाउने गर्छन् ।  धार्मिक चाड गौरामा देउडा नाच्न कसैलाई रोकटोक तथा बन्देज नभएकाले यसको महìव स्वदेश तथा विदेशमा समेत बढ्दै गएको वरिष्ठ देउडा गायक प्राज्ञ यज्ञराज उपाध्यायले बताउनुभयो ।
यसपटकको गौरापर्वको उद्घाटनमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि, पूर्वप्रधानमन्त्री लोकेन्द्रहादुर चन्द, पूर्वउप–प्रधानमन्त्री भीम रावल, मन्त्री रमेश लेखक, नेता लेखराज भट्टलगायतका सुदूर तथा मध्यपश्चिम र कर्णालीवासीको उपस्थिति रहने आयोजकले जनाएको छ ।


Facebook Comment


No ads found for this position