रवीन्द्र अधिकारीबाट सिक्नुपर्ने धैरै कुराहरु रहेका छन् : पर्यटन राज्यमन्त्री बुढा

मेराे र रविन्द्र अधिकारीको पहिलो भेट ०७० को निर्वाचनपछि संविधानसभाको पहिलो बैठकमा भएको थियो ।म डोल्पाबाट निर्वाचित भएर आएको थिए भने उहाँ कास्कीबाट निर्वाचित भएर आउनु भएको थियो । जनताले अत्याधिक मत दिएर जिताएका जनप्रतिनिधि भित्र हामी अग्रपन्तीमा थियौ त्यसैले पनि होला हामी संविधानसभामा चाँडै निकट भयौ । बिस्तारै सम्बन्ध औपचारिकभन्दा पनि अनौपचारिक भयो । एकप्रकारको भावनात्मक सम्बन्ध भयो ।

धनबहादुर बुढापर्यटन राज्यमन्त्री

मैले उहाँलाई दाइ भन्थेँ, उहाँ भाइ भनेर माया भन्नुहुन्थ्यो । दाजुभाइको सम्बन्ध मन्त्रालयमा झन् गाढा बन्यो । यही कारणले पनी होला मलाई मन्त्रलायमा पनी काम गर्न सहज बनायो ।
मैले विभिन्न सन्दर्भ र राजनीतिक परिचर्चामा रवीन्द्र अधिकारीको विषयमा जे सुनेको थिएँ, उहाँबारे जसरी बताइन्थ्यो, त्यसबाट प्रभावित थिएँ । तर, सँगै काम गरिएला भन्ने कल्पना पनी गरेका थिएन । सगै काम गर्दा मलाई झनै सहज भएको थियो । कुनै कुराको समस्या आयो भने एक जना अभिभावक जस्तो गरेर समझाउनु हुन्थीयो ।
मैले केही काम गर्नुपर्दा उहाँलाई सोधेर गर्ने गरेको थिएँ । स–साना कामबारे पनि उहाँलाई सोधेर मात्रै गर्थें र उहाँले पनी केही त्यस्ता कार्यहरु गर्नु पदा के कसो हुन्छ भनेर राय लिने पनी गर्नुहुन्थीयो । उहाँको कार्य गर्ने शैलीका कारण प्रभावित भएकाले सोध्न मन लाग्थ्यो । हामी एउटै मन्त्रालय भएपनी कहिल्यै त्यस्को तिक्तता आएन । मैले सुनेको र पत्रपत्रीमा पढे अनुसार विगतमा मन्त्री र राज्यमन्त्रीबीच सम्बन्ध बिग्रने र विवाद प्रधानमन्त्रीसम्म पुग्ने गरेका थिए ।

तर हाम्रो बिच त्यतस्तो बेमल कुनै बिषय भएन । मैले उहाँबाट थोरै समयमा धेरै सिक्ने मौका पाए । मैले मात्र नभएर समग्र नागरीकले रवीन्द्र अधिकारीबाट हामीले सिक्नुपर्ने धैरै कुराहरु रहेका छन् उहाँको कार्यशैली, जोस र दृष्टिकोणबाट द्रवीभूत भएर मैले पनि केही कुरा सिकेको छु, जुन मेरो राजनीतिक जीवनका लागि निकै महत्वपूर्ण हुनेछन् भन्ने लागेको छ । जस्तो कि, उहाँमा जनतासँग मात्रै होइन, कर्मचारीसँग पनि घुलमिल हुन सक्ने र उनीहरूलाई परिचालन गर्ने अद्भुत क्षमता र कला थियो । यो सिकाइलाई म जीवनमा सकेसम्म उपयोग गर्नेछु ।


Facebook Comment


No ads found for this position