रनवेको पिच उप्कियपछि

airpotरवीन्द्र शाही

१ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलकाे रनवेमा समस्या आउँदा दुईवटा जहाजल डाइभर्ट भएर भारतको लखनउमा अवतरण भएका छन्। एयर एसिया र ओमन एयरका उडान काठमाडौंबाट डाइभर्ट गरेर भारतको लखनउ अवतरण गरिएको छ।

भिजिविलिटी कम भएको कारण विमान अवतरण गर्न समस्या भएकाले  उक्त उडानहरु डाइभर्ट भएका विमानस्थलका प्रवक्त प्रेमनाथ ठाकुरले जानकारी दिए।
मलेसियाको क्वालालम्पुरबाट आएको एयरएसियाको डी ७१९२ उडान नम्बर भएको  जहाज र  ओमनको मोस्काटबाट आएको ओमन एयरको  डब्लु वाई ३३७ उडान जम्बर भएको जहाज डाइभर्ट गरेर भारतको लखनउमा अवतरण गरिएको छ।
विमानस्थलका अधिकारीहरुले  मौसमी प्रतिकूलताका कारण उडान र अवतराण्मा समस्या भएकोले डाइभर्ट भएको बताएपनि रनवेमै समस्या आउँदा उक्त उडानहरु डाइभर्ट गरिएको स्रोतले जानकारी दिएको छ।
सुरुमा भिजिविलिटीको समस्या हुँदा केही समय जहाजहरु आकासमै होल्ड भएपनि त्यसको केही समयपछि सिल्क एयर र नेपाल एयरलायन्सको उडान अवतरण गरिएको स्रोतले जानकारी दिएको छ।
धवनमार्गको पीच उप्किदा त्यसको मर्मत गर्न २० देखि आधाघण्टाको समय लाग्नसक्ने भएकाले उक्त उडानहरु डाइभर्ट गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
तर यसबारेमा अधिकारीहले भने केही प्रतिक्रिया दिन मानेन्। अधिकारीहरु भने गर्मिको समयमा धेरै चाप पर्दा कमजोर भएको स्थानमा पिच उप्कने समस्या रहेको र त्यसको सुधारको लागि काम अगाडि बढाइसकेको बताउँछन्।
यसरी पिच उप्कदा त्यसको मर्मत पनि तत्काल हुने भएकोले तत्कालेको लागि ठुलो समस्या नभएको नागरिक उड्ययन प्राधिकरणका अधिकारीले बताए।  एयर एसियाकै मलेसियाकाे उडान रद्ध भएकाे छ भने अान्तरिक उडानहरु पिन प्रभावित भएकाे बताइएकाे छ।


Facebook Comment


No ads found for this position