यी हुन विश्वकै सबैभन्दा १० घटिया गन्तव्यहरू

संसारमा घुम्नका लागि आकर्षक स्थानहरु थुप्रै छन् । तर यस्ता पनि ठाँउ छन्, जहाँ घुम्नका लागि एकदमै घटिया छन् ।

ट्राभल वेबसाइट डेस्टिनेशन टिप्सले विश्वका यस्तै १० सबैभन्दा घटिया ट्राभल डेस्टिनेशनको सूची सार्बजनिक गरेको छ । यसमा उत्तर कोरियाको राजधानी प्योङयाङदेखि सिरियाको राजधानी दमिश्कसम्म सामेल छन् । यसका साथै वार जोनको रुपमा सोमलिया र प्रदूषणका लागि बंगलादेश पनि घुम्नका लागि घटिया स्थानमा गणना भएका छन् ।

अरु कुन-कुन स्थान छ त, जो यात्राका लागि घटिया हुन् ?

ढाका, बंगलादेश

बंगलादेशको ढाका एकदमै प्रदूषित शहरमा गणना गरिएको छ । विश्वकै प्रदूषित शहरमा यो चौथो नम्बरमा आउँछ । गाडी र कलकारखानाको धुँवाले यहाँको वायुमण्डल प्रदूषित बनाएको हो ।

ucrain

किव, युक्रेन

युक्रेनको राजधानी कीव भ्रमणका लागि अनुचित गन्तव्य हो । किनभने यहाँ केहि समययता सरकार बिरोधी आन्दोलन चर्किरहेको छ, जसले पुरै शहरलाई ध्वास्त बनाइरहेको छ ।

haiti

पोर्ट ओ प्रिन्स, हइटी

हइटीमा २०१० मा बिनासकारी भूकम्प गयो, जसको असर अहिलेसम्म देखिन्छ । यस भूकम्पले पोर्ट ओ पि्रन्सका ५० प्रतिशत मानिस घरबारविहिन भए । त्यहाँ हेर्नलायक संरचनाहरु खासै बाँकी छैन ।

damaskas

दमिश्क, सीरिया

सीरियामा पछिल्लो पाँच बर्षयता युद्ध चलिरहेको छ । यहाँ बिद्रोहीका साथै आइएसआइएसको आतंक जारी छ । यसको धेरै असर राजधानी दमिश्कमा परेको छ ।

somalia

मोगादिशु, सोमालिया

सोमालियाको राजधानी मोगादिशु अफ्रिकाकै सबैभन्दा हिंस्रक शहर हो । यहाँ बिगत लामो समयदेखि अस्थिर माहौल छ । आतंककारी समूह अल शबाबले यहाँ आतंक मच्याइरहेको छ ।

ryugyong-north-korea

प्योङयाङ, उत्तर कोरिया

यो विश्वकै रहस्यमयी देश उत्तर कोरियाको राजधानी हो । यहाँ कुनैपनि बिदेशी आएको-गएको निगरानी गरिन्छ । यहाँ एक्लै घुम्न र फोटो खिच्न मनाही छ ।

mexico-city

सियुदाद जुआरेज, मेक्सिको

मेक्सिकोका यस शहरलाई विश्वकै सबैभन्दा खतरनाक स्थान मानिन्छ । हत्या, अपहरण र सडकमा जिउदै जलाउन यहाँ सामन्य मानिन्छ ।

colombia

बोगोटा, कोलम्बिया

कोलम्बियाको यो शहर पनि लागु औषध कारोबारको अखडा हो । यहाँ हत्या, अपहरण, भ्रष्टचार हुने गरेको छ ।

ingland

 

स्केगनेस, बेलायत

घुम्नका लागि घटिया स्थानको सूचिमा बेलायतको यो शहर पनि सामेल छ । यो सुनसान समुन्द्री किनारको शहरमा अहिले क्रमस पर्यटकको चाप कम हुदै गएको छ ।

popunewgini

पोर्ट मोजरबी, पापुआ न्यू गिनी
यो एकदमै आपराधिक स्थान हो । तीन लाख बढी मानिस बस्छन् ।


Facebook Comment


No ads found for this position