यी हुन् हवाईयात्रुले जान्नैपर्ने सूचनाहरू

१      नेपालमा हवाई उडानको अनुमति प्राप्त हवाई कम्पनीको सूची नागरिक उड्डयन प्राधिकरणको वेभसाईटमा राखिएको हुन्छ, त्यस्को अध्ययन गर्नुपर्छ । उपभोक्ता संरक्षण ऐनले हवाईसेवा छनौंटको सुविधा प्रदान गरेकोले सुबिधा सम्पन्न र सुरक्षित तथा विश्वसनीय हवाई जहाजबाट यात्रा गर्नुपर्छ ।

कृष्णहरि बास्कोटा, प्रमुख सूचना आयुक्त

२      कुन हवाई कम्पनीको सेवा कुन–कुन स्थानमा छ, सो पनि प्राधिकरणकै वेभसाईटबाट जान्न सकिन्छ । यसका लागि सम्बन्धित हवाई कम्पनीहरूको वेभसाईट अध्ययन गरेर पनि भरपर्दो हवाईसेवा छनौंट गर्न सकिन्छ ।
३      मौसमको कारण वा एयर ट्राफिकको कारण उडान ढिला हुने स्थितिमा इमेल, एसएमएसबाट सूचना दिनुपर्ने व्यवस्था गर्न राष्ट्रिय सूचना आयोगले हवाई कम्पनीहरूलाई आग्रह गरेको छ ।
४     एयरपोर्टमा सूचना डिस्प्ले सेण्टर हुन्छ । त्यस्को मोनिटरमा कुन–कुन जहाजले कुन कुन क्षेत्रका लागि कुन समयमा उडान भर्दैछ भन्ने जानकारी नियमित रुपमा सार्वजनिक भइरहेको हुन्छ, सो हेरिरहनु पर्छ । साथै समय समयमा हुने पव्लिक एनाउन्समेण्ट पनि ध्यानपूर्वक सुन्नुपर्छ ।
५       हवाई कम्पनीहरूले एयरपोर्टमा परिचयपत्र लगाएका आप्mना कर्मचारीलाई यात्रुको सेवामा खटाएका हुन्छन्, उनीहरूस“ग सूचना माग्न सकिन्छ । साथै एयरपोर्टमा रहेको हवाई कम्पनीको हटलाईनमा टेलिफोन गरेर पनि आफुलाई आवश्यक परेको सूचना हासिल गर्न सकिन्छ ।
६       यात्रुले साथमा लैजान पाउने तौल कति हो रु यो कुरा टिकटमा लेखिएको हुन्छ । यो हवाई टिकटको मूल्यमा पनि भरपर्छ । हरेक यात्रुले तोकिएको तौलभित्र पर्नेगरी सामान ल्याउनु पर्छ ।
७       हवाई उडानमा यात्रुले पाउने न्यूनतम् सुविधा के हो रु चकलेट, कानमा राख्ने कपास, पिउने पानी, हल्का खाजा, माईलेज कार्ड, छुटृाछुटृै सिट, शौचालयको सेवासम्बन्धी सूचना हासिल गर्नुपर्छ र यी सवै सुविधा भएका हवाई कम्पनीको छनौंट गर्नुपर्छ ।
८      यात्रुले हवाईजहाजबाट यात्रा गर्दा उडान कर्मचारीले दिएको सल्लाह पूर्णरुपमा पालना गर्नुपर्छ । सवै हवाईयात्रुले एक आपसमा शीष्ट व्यवहार गर्नुपर्छ ।
९      प्रत्येक नेपाली नागरिकलाई नेपालको संविधानको धारा २७ ले आफ्नो वा सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हकको व्यबस्था गरेको छ । यो नागरिकको मौलिक हक हो । यो हक हवाईसेवामा पनि लागु हुन्छ ।
१०      सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सार्वजनिक निकायमा रहेको सूचनामा नागरिकको पहुचको व्यवस्था गरेको छ । यसर्थ आफूले सेवा हासिल गर्ने हवाई कम्पनीस“ग आवश्यकता अनुसारको सूचना कानून सम्मत ढंगले माग गर्नुपर्छ । हवाईयात्रुकै सेवामा समर्पित हवाई कम्पनीहरूले पनि नागरिकले माग गरेका सूचना निसंकोच प्रदान गरी आप्mनो विश्सनीयता कायम गर्नुपर्छ ।

११      सूचना लिने दिने संस्कृतिको विकास गरौं । कुनै पनि सार्वजनिक सरोकार स् नागरिकको थाहा पाउने अधिकार भन्ने नाराको सम्मान गरौं । नागरिकले पनि सूचना हाम्रो अधिकार स् सुशासन र विकासको आधार हो भन्ने भावना बुझी आवश्यक सूचना माग्ने बानी बसालौं । सूचनाको अधिकार स् लोकतन्त्रको आधार भएकाले नागरिकको सम्बैधानिक र कानूनी सूचनाको हकको सबैले उच्च सम्मान गरौ । सभ्य र पारदर्शि समाजको निर्माण गरौ । आफ्नो हवाईसेवा विश्वसनीय रहेको तथ्य सूचनाको हक मार्फत उजागर गर्ने अवसरको उच्च प्रयोग गरौं भनी सार्वजनिक आव्हान गर्दछु । साभार बुद्धएर म्यागजिन


Facebook Comment


No ads found for this position