यी हुन् विश्वका ३६ देश जहाँ नेपालीलाई घुम्न जान सहज छ

रवीन्द्र शाही

पछिल्लो समय नेपालीहरुको विदेश घुम्ने लहर बढ्दै गएको छ। निश्चित खानदानी परिवार तथा व्यापारीहरुमात्र विदेश जाने प्रचलन क्रमभंग भएको छ। व्यापार,अध्ययन भन्दा पनि भ्रमणनकै लागि मात्र विदेश जाने नेपालीहरुको संख्यामा प्रत्येक वर्ष बढ्दै गएको छ।

आयाआर्जनमा सुधार,प्रक्रियामा आएको सहजता र त्यो भन्दा पनि चेतनास्तरमा आएको परिवर्तनले यो प्रक्रियामा मुख्य भुमिका खेलेको सरोकारवालाहरुको ठम्याईछ।आयआर्जनमात्र भन्दा पनि उचित व्यवस्थापन गर्ने हो भने विदेश घुम्नु त्यति महंगो नहुने जानकारी पाएपछि नेपालीहरु विदेश घुम्न जाने प्रवृत्ति बढ्दै गएको बताउँछन् परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पाैड्याल।
पहिलेपहिले पैसामात्र होइन प्रक्रिया पनि निकै झन्झटिलो हुन्थ्यो फलस्वरुप विदेश  घुम्न जानु नेपालीहरुको लागि एक मृततृष्णा जस्तै हुन्थ्यो। विशेषगरी पछिल्लो समय आएको प्रवेसाज्ञा अनुमतिमा आएको सहजताले यसमा सहयोगी भुमिका खेलेको ठम्याई छ ट्राभल व्यवसायीहरुको।
अहिले नेपालीहरुको विश्वका ३६ वटा देशमा पासपोर्टमात्र भएमा निश्चित दिनसम्म घुम्न पाउँछन्। भारतमा स्वतन्त्रपूर्वक घुम्न पाइन्छ। अर्थात नेपालीहरुलाई भारतबाहेक ३६ वटा देशले अनअराईभल भिसा उपलब्ध गराईरहेका छन्।
एयरपोर्टमा प्रवेश गर्नेवित्तिकै पाइने त्यस्तो अनअराईभल परमिटको लागि लामो प्रक्रिया तथा झन्झटबाट मुक्ति मिल्ने भएकोले पनि भ्रमणका सौखिन नेपालीहरुलाई आकर्षित गरिरहेको बताउँछन् विभिन्न देशहरुमा ट्राभल प्याकेज बिक्री गर्दै आएको एस ट्राभलका म्यानेजर नबराज धरेल।
केके चाहिन्छ अनअराईभल भिसाको लागि
फिर्ता हुने हवाई टिकट,होटल बुकिङको पत्रसहित शुल्क तिरेपछि पासपोर्टकै भरमा तोकिएको विमानस्थलको अध्यागमन विभागबाट त्यस्तो अनअराईभल भिसा दिइन्छ। त्यो देशअनुसार निश्चित दिनको लागि हुन्छ।
सामन्यतया १५ दिनदेखि ३ महिनासम्मको अवधकिो लागि दिइने त्यस्तौ भिसा नेपालसँग कुनै सरोकार नभएका मुलुकहरुले पनि दिने गरेका छन् भने दक्षिण एसियाली छिमेकीहरुले पनि दिएका छैनन्। यसमा भुटान र अफगानस्ताले नेपालीलाई त्यस्तौ सुविधा दिएका छैनन् भने चिनले पनि त्यस्तो सहुलियत नेपालीलाई दिएको छैन।
यो देशको आवस्यकतामा निर्भर हुने बताउँछन् अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने। ‘हामीले नचिनेका देशहरुले पनि नेपालीलाई अनअराइभल परमिट दिइरहेका छन्’ न्यौपानेले सेतोपाटीसँग भने,‘हामीले पनि नेगेटिभ लिस्ट बाहेकका सबैलाई आवस्यकता अनुसार दिन्छौं।’
संसारमा सबैभन्दा बढी अनअराइभल परमिट सुविधा भने जर्मन पासपोर्ट होल्डरहरुले पाउँछन् जसले १ सय ७७ वटा देशमा त्यस्तो सुविधा पाउँछन् भने सबैभन्दा कम अफगानस्तानी पासपोर्ट होल्डरहरुले २५ देशमा पाउँछन्।
तर यस्तो सुविधा कहिले दिने कहिले हटाउने क्रम चलिरहने र त्यस्तो जानकारी नेपाल सरकारलाई दिनुनपर्ने भएकोले पनि यसको एकमुष्ट जानकारी नहुने बताउँछन् अधिकारीहरु। केही समय अगाडिसम्म बंगलादेशले त्यस्तो अनअराइभल भिसा दिइरहेको भएपनि अहिले उक्त सुविधा कटौति गरेको छ नेपालीहरुको लागि ।
नेपाली पासपोर्ट बोकेकालाई अनअराइभल भिसा दिने देशहरु 
बोलिभियाः ९०
कम्बोडियाः ३०
केपभर्डेः ३०
कोमोरोसः ३०
डोमिनिकाः २१
इजिप्टः सर्तसहितको अनअराइभल
जाम्बियाः ९० दिन
गुनियाबिसुः ९०
इन्डोनेसियाः ३० दिन
इरानः ३० दिन
लाओसः ३० दिन
मडागास्कुरः ९० दिन
मालवीः
माल्दिभ्सः ३० दिन
मौरिसिनियाः
मौरिससः  ३० दिन
माइक्रोनेसियाः ३० दिन
मोजाम्बिकः
म्यानमारः सर्तसहित
पाकिस्तानः ३० दिन
पालाउः ३० दिन
फिलिपिन्सः ३० दिन
सेन्ट भेसिन्टः ३० दिन
सामोआः ६० दिन
सेनेगलः ९० दिन
सेकलेससः ९० दिन
सिंगापुरः ३० दिन
श्रीलंकाः ३० दिन
तान्जानियाः ९० दिन
टिमोर लिस्टः ३० दिन
टोगोः ७ दिन
तुभालुः ३० दिन
युगान्डाः
बंगलादेशः बंगदादेशी नातेदार भएको प्रमाण भएपछिमात्र ३० दिनको अनअराइभल दिने।  यो भिसाको व्यवस्था परिवर्तन भइरहने भएकोले विदेश भ्रमण गर्नुअघि अन्तर्राष्ट्रिय हवाई यातायात एसोसिएसनको वेबसाइटबाट  चेक गर्न सुझाउँछन् सरोकारवालाहरु। साभार सतोपाटी


Facebook Comment


No ads found for this position