यी हुन् विश्वका केही प्रमुख हाइकिङ ट्रेलहरू

विभिन्न वेबसाइटमा प्रकाशित रिपोर्ट अनुसार केही राम्रा हाइकिङ रुट : 

कुङ्सलेडेन, स्वीडेन

दूरी : ६५ माइल

समय : ३ देखि ५ दिन

यो स्वीडेनको सबैभन्दा अग्लो ठाउँ हो । युरोपियनहरूले बिदाको समय अर्थात अगस्ट महिनातिर यो रुटमा हाइकिङ गर्छन् ।

ग्रान्ड क्यानियोन हाइक, एरिजोना

दूरी : ४४ माइल

समय : ४ देखि ६ दिन

सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मेसम्म यो रुटमा हाइकिङ गर्नेहरूको संख्या उल्लेख्य हुन्छ ।

इन्का  ट्रेल

दूरी : २६ माइल

समय : ४ दिन

विश्वकै चर्चित हाइकिङ रुटमध्ये पेरुको इन्का ट्ेरल पनि एक हो । यो रुटको यात्रा मेदेखि सेप्टेम्बर सम्मका लागि उपयुक्त मानिन्छ । यो रुटमा जंगल, हिमाल एवं प्राकृतिक विविधताले भरिपूर्ण ठाउँहरू अवलोकन गर्न सकिन्छ ।

एप्लाचियान  ट्रेल

दूरी : २ हजार १ सय 

      ८० माइल

समय : ५ देखि ७ महिना

यो हाइकिङको सबैभन्दा लामो रुट पनि हो । १४ वटा राज्य पार गर्नुपर्ने भएकाले यो रुट त्यति सहज पनि छैन ।

किलिमन्जारो

दूरी : ३५ माइल

समय : ७ दिन 

स्थान : तान्जानिया, अफ्रिका 

किलिमन्जारो हाइकिङ अफ्रिकाको सबैभन्दा उचाइमा अवस्थित छ । १९ हजार ३ सय ४० फिटमा पर्ने यो रुटमा बादलमाथिका सुन्दर दृश्यहरू अवलोकन गर्न सकिन्छ । जनवरी, फ्रेबु्रअरी तथा सेप्टेम्बरमा यो रुटको हाइकिङ उपयुक्त मानिन्छ ।

स्नोम्यान ट्रेक

स्थान : भुटान

दूरी : २ सय माइल

समय : २५ दिन

भुटानको स्नोम्यान ट्रेक अप्ठ्यारो मानिने हाइकिङमध्ये एक हो । १६ हजार फिटभन्दा माथि अवस्थित यो रुटमा खराब मौसमका कारण यात्रा असहज हुन्छ । अप्रिल वा अक्टोबरमा यो रुट घुम्नेहरूको ठूलो संख्या हुन्छ ।

प्यासिफिक क्रेस्ट ट्रेल

स्थान : क्यालिफोर्निया, वासिङ्टन

दूरी : २ हजार ६ सय ५० माइल

समय : ६ देखि ७ महिना

अमेरिकाका ७ वटा राष्ट्रिय निकुञ्ज एवं जंगल पार गर्दै सम्पन्न गरिने प्यासिफिक क्रेस्ट ट्रेल चर्चित हाइकिङ रुट हो । यो रुटको हाइकिङ अप्रिल वा अक्टोबरतिर प्रारम्भ गरिन्छ । मोजाभी डेजर्टदेखि १३ हजार फिट अग्लो क्षेत्र सम्मको यो यात्रा निकै रोमाञ्चकारी हुन्छ ।

चिल्कोट ट्रेल

स्थान : अलास्का, युकोन क्षेत्र (अमेरिका–क्यानाडा)

दूरी : ३३ माइल

समय : ३ देखि ५ दिन

जुनको अन्त्यतिर र अक्टोबरको सुरुतिर यो रुटको हाइकिङ जानेहरू बढी हुन्छन् । यो यात्रामा अलास्का र युकोन क्षेत्रका सुन्दर दृश्यहरू अवलोकन गर्न सकिन्छ ।


Facebook Comment


No ads found for this position