यी हुन् नेपालको पर्यटनका प्रमुख पाँच स्रोतबजार

सूर्य थपलिया, प्रबन्धक ,नेपाल पर्यटन बोर्ड

नेपालले सन् २०१८ मा हालसम्मकै उच्च पर्यटक आगमन रेकर्ड राख्यो । ११ लाख ७३ हजार पर्यटक नेपाल भित्रिए । पर्यटन क्षेत्रका लागि यो सुखद अवस्था रह्यो । कुल पर्यटक आगमनमा लगभग ५० प्रतिशतकै हाराहारीमा ५ लाख ७९ हजार ५२१ पर्यटक प्रमुख पाँच स्रोतबजारबाट मात्र आएको देखिन्छ ।

यो लेखमा ती पाँच स्रोतबजारबाट हाम्रै छिमेकी गन्तव्य भारत र श्रीलंका आउने पर्यटकको संख्या कस्तो रहेको छ र ती स्रोतबजारको बाह्य पर्यटनको विस्तार के–कस्तो रहेको छ, सोबारेमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

सन २०१८ को पर्यटक आगमनका आधारमा नेपालका लागि संयुक्त अधिराज्य पाँचौं प्रमुख स्रोतबजार हो । सन् २०१७ मा संयुक्त अधिराज्य (युके) का नागरिकले सात करोड २८ लाखपटक विदेश भ्रमण गरे । यो संख्या सन् २०१६ को भन्दा ३ प्रतिशतले बढ्यो । सन २०१२ को आधारमा यो २९ प्रतिशतले वृद्धि भएको हो ।

८० प्रतिशत भ्रमण युरोपियन देशमा, उत्तर अमेरिकामा ५ प्रतिशत र बाँकी विश्वमा १५ प्रतिशत भ्रमण भएको तथ्याकंले देखाउँछ । यो अवधिमा युकेका नागरिकले लगभग ४५ अर्ब पाउन्ड खर्च गरे । औसत १०.२ दिनको बसाई अवधि रह्यो र औसत खर्च ६ सय १६ पाउन्ड रह्यो । युकेका नागरिकका लागि स्पेन पहिलो रोजाइ रहेछ । करिब एक करोड ६० लाख भ्रमण अर्थात् २२ प्रतिशत भ्रमण त स्पेनमा मात्र देखिन्छ । दोस्रो रोजाइ फ्रान्स, ८९ लाख भ्रमण अर्थात् १२ प्रतिशत भ्रमण । भौगोलिकताका आधारमा यो स्वाभाविक देखिन्छ ।

सांस्कृतिक, सामाजिक, आर्थिक र भौगोलिक कारणले पनि भारत सदैव नेपाली पर्यटनको प्रमुख बजार नै रहनेछ । नेपालको पर्यटनको क्षेत्रीय विकासका लागि सीमावर्ती सहरहरूको पर्यटनको अवस्थाको स्तरोन्नति हुन जरुरी छ ।

सन् २०१६ मा ९ लाख ४१ हजार ८ सय ८३ पर्यटक संयुक्त अधिराज्यबाट भारत घुम्न आएको देखिन्छ । सोही अवधिमा नेपालमा ४६ हजार २ सय ९५ बेलायती पर्यटक आए । सन् २०१७ मा ९ लाख ८६ हजार २ सय ९६ पर्यटक संयुक्त अधिराज्यबाट भारत घुम्न आए भने नेपालमा सन् २०१७ मा जम्मा ५४ हजार ५ सय ६४ र सन् २०१८ मा ६३ हजार ८६ पर्यटक सो मुलुकबाट भित्रिए । सन् २०१६ र २०१७ मा श्रीलंकामा त्रमशः १ लाख ८८ हजार १ सय ५९ र २ लाख १ हजार ८ सय ७९ पर्यटक संयुक्त अधिराज्यबाट भित्रिएका छन । नेपाल, भारत र श्रीलंकामा संयुक्त अधिराज्यबाट आएका पर्यटकको तुलनात्मक विश्लेषण गर्ने हो भने उपलब्धि सन्तोषजनक होइन । तर, यो अन्तरमा हवाई पहँुच र पछिल्लो वर्षहरूमा भारत र श्रीलंकाले स्रोतबजारमा गरेको आक्रामक र खर्चिलो बजार प्रवद्र्धन पनि मुख्य कारण हो । मुलुकको बढ्दो व्यापार विस्तार पनि जिम्मेवार कारण हुन्छ । सन् २०१८ मा २३ लाखभन्दा बढी पर्यटकले श्रीलंका भ्रमण गरे । सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरे ।

सन् २०१८ मा ७० हजार ६ सय १० जना श्रीलंकाली पर्यटक नेपाल आएको तथ्यांक छ । यो संख्या सन् २०१७ मा ४५ हजार ३ सय ६१ र सन् २०१६ मा ५७ हजार ५ सय २१ रहेको छ । सन् २०१७ मा ३ लाख ३ हजार ५ सय ९० जना श्रीलंकाली पर्यटक भारत आएको तथ्यांक छ । यो संख्या सन् २०१६ मा २ लाख ९७ हजार ४ सय १८ थियो । यो सामान्य वृद्धि हो । तर, बहुसंख्यक बौद्ध धर्मावलम्बी रहेको श्रीलकांबाट नेपाल आउने पर्यटकको संख्याको तुलनात्मक अवस्थाचाहिँ चासोको विषय हुनुपर्छ ।

सन् २०१६ मा ८ करोड अमेरिकी नागरिकले बाह्य मुलुक भ्रमण गरे । मेक्सिको पहिलो गन्तव्य रह्यो । ३ करोडभन्दा बढी अमेरिकी पर्यटकले मेक्सिको भ्रमण गरे । करिब १ करोड ४० लाख अमेरिकी क्यानडा घुम्न गए । १३ लाख ७६ हजार ९ सय १९ अमेरिकी सन् २०१७ मा भारत आएको देखिन्छ । यो संख्या सन् २०१६ मा १२ लाख ९६ हजार ९ सय ३९ रह्यो । सन् २०१७ मा ५७ हजार ४ सय ७९ जना अमेरिकी पर्यटक श्रीलंका आए भने यो संख्या सन् २०१६ मा ५४ हजार २ सय ५४ रहेको छ । सन् २०१७ मा नेपालमा ७९ हजार १ सय ४६, सन् २०१८ मा ९१ हजार ७ सय ८५ अमेरिकी पर्यटकको आगमन रह्यो । यो संख्या सन् २०१६ मा ५३ हजार ६ सय ४५ थियो ।

अमेरिकी बजारमा नेपालको आकर्षण श्रीलंकाभन्दा उत्तम रहेको तथ्यांकले देखाउँछ । यद्यपि, करिब १३ लाखको संख्यामा भारत भ्रमणमा आउने अमेरिकी पर्यटकको ५ देखि ७ प्रतिशत मात्र नेपाल भ्रमणमा आउने तथ्यांकले अझ धेरै गृहकार्य गर्नुपर्ने खाँचो देखाउँछ । अमेरिकाको बाह्य पर्यटनको औसत वृद्धि ८ देखि १० प्रतिशत रहेकाले नेपाल आउने अमेरिकीको संख्यामा ओसतमा निरन्तरको वृद्धि रहने अनुमान गर्न सकिन्छ ।

यहाँ एउटा रोचक तथ्यांक हेरौं, नेपालको सीमावर्ती भारतीय राज्यहरूमा सन् २०१७ मा भारत आएका विदेशी पर्यटकमध्ये उत्तर प्रदेशमा ३५ लाख ५६ हजार २ सय ४ जना, पश्चिम बंगालमा १५ लाख ७४ हजार ९ सय १५ जना र बिहारमा १० लाख ८२ हजार ७ सय ५ जना पर्यटक घुम्न आएका छन् । यी तीन राज्य घुम्न आएका पर्यटकको संख्या मात्र ६२ लाख १३ हजार ८ सय २४ हुन्छ । नेपालमा सन् २०१७ मा कुल ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक आगमन रह्यो । अर्थात् यी तीन भारतीय राज्यको आगमनको १५ प्रतिशत । सीमावर्ती भारतीय राज्यहरूमा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको अवस्थाका लागि यो पर्याप्त आधार हुन सक्छ ।

नेपालका लागि दोस्रो प्रमुख बजार चीनको बाह्य पर्यटनको अवस्था हेरौं । सन् २०१७ मा १३ करोड चिनियाँ पर्यटक संसार घुम्न निस्किए । यो संख्या सन् २०१६ को १२ करोड बाह्य पर्यटकभन्दा करिब ७ प्रतिशतले बढ्यो । सन् २०१६ मा चिनियाँ पर्यटकले २ खर्ब ६१ अर्ब अमेरिकी डलर खर्च गरे । चीनका पर्यटकका लागि प्रमुख गन्तव्य हङकङ, मकाओ र थाइल्यान्ड रहेको छ । नेपालका लागि भारत र अर्को प्रतिद्वन्द्वी गन्तव्य श्रीलकांमा चिनियाँ पर्यटकको आगमन कस्तो छ भन्ने हो ।

सन् २०१६ मा भारतमा २ लाख ५१ हजार ३ सय १३ पर्यटक चीनबाट आएको देखिन्छ । यो संख्या सन् २०१७ मा २ लाख ५३ हजार १ सय २८ पुग्यो । सन् २०१६ मा २ लाख ७१ हजार ५ सय ७७ र सन् २०१७ मा २ लाख ६८ हजार ९ सय ५२ जना चिनियाँ पर्यटकले श्रीलंका भ्रमण गरे । सन् २०१६ मा १ लाख ४ हजार ५, सन् २०१७ मा १ लाख ४ हजार ६ सय ६४ र सन् २०१८ मा १ लाख ५३ हजार ६ सय २ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएको देखिन्छ । यो संख्या हेर्दा चिनियाँ बजारमा अझ आक्रामक हुनुपर्ने देखिन्छ । औसत ८ प्रतिशतले विस्तार भइरहेको चीनको बाह्य पर्यटन बजारको उचित लाभ लिन सके करिब २ लाख चिनियाँ पर्यटक नेपालले वार्षिक रूपमा स्वागत गर्न पाउने अवस्था छ ।

प्रमुख बजार भारतको अवस्था तथ्यांकभन्दा बाहिर छ । खुला सिमानाका कारणले सतह मार्ग भएर नेपाल प्रवेश गर्ने भारतीय पर्यटकको यकिन तथ्यांक भन्न सकिने अवस्था छैन । पर्यटन मन्त्रालयले सन् २०१७ मा करिब १२ लाख भारतीय पर्यटक सतह मार्गबाट नेपाल प्रवेश गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । यसका आधारमा सन २०१७ मा १३ लाख ६० हजार भारतीय पर्यटक नेपाल घुम्न आएको ठहर गर्न सकिन्छ । सन २०१७ मा १ लाख ६० हजार २ सय ६८ र सन् २०१८ मा २ लाख ४ सय ३८ भारतीय पर्यटक हवाईमार्ग भएर नेपाल प्रवेश गरे । रमाइलो प्रसंग के छ भने नेपाल भारतका लागि १३औं स्रोतबजार रहेको छ । सन् २०१७ मा करिब १ लाख ६० हजार नेपाली पर्यटक हवाईमार्ग भएर भारत प्रवेश गरेको तथ्यांक छ ।

सांस्कृतिक, सामाजिक, आर्थिक र भौगोलिक कारणले पनि भारत सदैव नेपाली पर्यटनको प्रमुख बजार नै रहनेछ । नेपालको पर्यटनको क्षेत्रीय विकासका लागि सीमावर्ती सहरहरूको पर्यटनको अवस्थाको स्तरोन्नति हुन जरुरी छ । जस्तो– नेपालमा काठमाडौंबाहेक पनि अन्तर सहरी हवाई सम्पर्क स्थापित हुन सकेको अवस्थामा र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन सके माथि उल्लेख भएको भारतीय सीमाका राज्यमा घुम्न आएका ६२ लाख पर्यटकलाई नेपाल भिœयाउन सहज हुनेछ ।

नेपालको पर्यटक आगमनको करिब आधा हिस्सा ओगट्ने प्रमुख पाँच स्रोतबजारको बाह्य पर्यटनको वृद्धि औसत ८ देखि १० प्रतिशत रहेको अवस्थामा आगामी तीन वर्षसम्म हालको आगमनमा १० प्रतिशतको वृद्धि रहन सक्छ । यद्यपि, सन् २०२० को भ्रमण वर्षका लागि सतहमा नदेखिएका प्रशस्त चुनौती छन् । साभार नागरीक दैनिक


Facebook Comment


No ads found for this position