यी हुन् दैलेखका पर्यटकीय स्थलहरु (भिडियोसहित)

धार्मिक तथा ऐतिहासीका रुपले महत्तव बोकेको दैलेख जिल्लाको पर्यटन प्रवद्धन जती हुनु पर्ने हो त्यती हुन सकेको छैन । धार्मिक तथा ऐतिहासीक रुपले निकै महत्तव बोकेको दैलेख जिल्लामा अवस्थित शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र तल्लो डुगेश्वरलाई पन्चकोशी तिर्थ स्थलका रुपले प्रख्यात छ ।
यीनीहरुको प्रचार प्रसार गर्नुका साथै पर्यटकीय गन्तव स्थलका रुपमा लैजान सकियो भने दैलेखेको आर्थिक समृद्धीको आधधार बन्न सक्छ । बैश्वानरपुराण अनुसार शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र तल्लो डुगेश्वरलाई तिर्थ स्थलका रुपमा मानिएको छ भने चलन चल्तीमा कोटीलालाई समेत पचकोशी तिर्थ स्थलका रुपमा समाबेश गरीएको छ । यती मात्र नभएर दैलेख जिल्लामा नुवाकोट देखी पश्चिम र उत्तर भारतको कुमाउ गढवाल देखी पुर्वको भु भागमा मात्र देवलहरु पाईने गरेकामा सबै भन्दा बढी र कलात्मक देवल पनी दैलेखमै रहेको छ ।
देवलहरुमा बौद्ध र हिन्दु धर्मलाई समान रुपले ग्रहण गरेका कारण धार्मीक सहिष्णुतालाई पनी झल्काउने गरेका छन् । यस्ता महत्तव बोकेका स्थल भएर पनी दैलेख आन्तरीक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सकेको छैन ।


Facebook Comment


No ads found for this position