यी हुन् देशभरका पाँचतारे होेटेलहरु

पछिल्लो समयम पर्यटन क्षेत्रमा लगानीगर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यस बर्ष उपत्यका बाहीर होटेल सेन्ट्रल प्लाजाले पाँचतारे मान्यता पाएसँगै अब देशभर पाँचतारे होटेलको संख्या १३ पुगेको छ । १३ मध्ये दुई पोखरा, एक नेपालगन्ज, एक कोहलपुर र भैरहवामा अवस्थित छन । बाँकी आठवटा होटेल भने काठमाडौंभित्र छन । मान्यताप्राप्त १३ होटेलमध्ये नयाँ बानेश्वरस्थित एभरेस्ट होटेल र पोखरास्थित फूलबारी रिसोर्ट बन्द अवस्थामा छन । अन्य होटेल भने चलिरहेका छन ।

नेपालमा होटलमार्फत व्यवस्थित आतिथ्य सेवा प्रदान गर्न थालिएको आधा शताब्दी नाघिसकेको छ । त्यसयता निरन्तर होटेल उद्योगमा लगानी बढिरहेको छ ।

यी हुन् पाँचतारे होेटेल

होटेल सेन्ट्रल प्लाजा, कोहलपुर
सोल्टी वेस्टेन्ड प्रिमियर : नेपालगन्ज
सोल्टी होटेल, ताहाचल, काठमाडौं
फूलबारी रिसोर्ट, पोखरा (हाल बन्द)
तारागाउँ रिजेन्सी (हायात) होटेल बौद्ध, काठमाडौं
याक एन्ड यती दरबारमार्ग, काठमाडौं
होटेल डेल अन्नपूर्ण : दरबारमार्ग, काठमाडौं
होटेल सांग्रिला लाजिम्पाट, काठमाडौं
द मल्ल होटेल : लैनचौर, काठमाडौं
पोखरा ग्रान्ड ,पोखरा
होरियन्टल (र्‍याडिसन होटेल) ,लाजिम्पाट, काठमाडौं
होटेल एभरेस्ट नयाँबानेश्वर, काठमाडौं (हाल बन्द)
टाइगर प्यालेस तिलोत्तमा, रुपन्देही


Facebook Comment


No ads found for this position