यी हुन् दशै विदामा घुम्न जाने ठाँउहरू

पर्यटकका लागी उपयुक्त मौसम हो यो घुम्नलाई । न त जाडो , न त गर्मी । त्यसकारण पनी उपयुक्त मौसम हो । पहिले पहिले विदेशी अर्थात गोराहरुले मात्र घुम्ने गर्दछन भन्ने थियो । तर अहिले त्यस्तो होईन । नेपालीहरु पनी समयले साथ दिन वित्तिकै घुम्न जान थाली सकेका छन् । अझ विदेशीहरु त घुम्नलाई निश्चित रकम तथा योजना बनाएर घुम्न जाने योजना बनाउने गर्दछन तर नेपालीहरु पनी अझै त्यती सारो योजना बनाएर घुम्न जाने गरेका पाईदैन ।

खप्तड
प्राकृती सुन्दरको अनुपम उपहार हो खप्तड । चिसौ मौसमा सेताम्य हिउले ढाकिन्छ भने बैशाख जेठमा रगीचगी फुलले ढाकिन्छ खप्तड । खप्तड क्षेत्रको प्रमुख बिशेषता भनेको विशाल फाटहरुमा फुल्ने रगीचगी फुलहरु लगाएत मिलाएर फाटहरुको छे छेउमा मिलाएर रोपेका जस्ता देखीने रुखहरु पनी हो खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिबेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरुले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । खप्तड क्षेत्रमा ठुला साना गरि २२ वटा फाँटहरु पनि यहाको प्रमुख आर्कषण हुन् ।
यस क्षेत्रमा ४ रैथाने सहित १ सय ३५ किसिमका फूल फुल्ने गर्दछन् । त्यसकारण पनि यो क्षेत्र प्राकृतिक ईतिहासको संग्रहालय र जीवित बगैचा भएको रोकाय बताउछन् । नेपालमा पाईने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाईन्छ । प्रकृतिको यो अनौंठो संग्रहालयमा ५ सय ६७ प्रजातीका वनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुंगी छन् । खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातीका रैथाने उभयचर बाघबुट्टे निगांलो पाईने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । बिश्वकै दुर्लभ जातीको हरियो छेपारो पाईने यहा २२ पाटन र ५२ झोती छन् । यो १ सय ७५ प्रजातीका चराले बच्चा कोरल्ने ठाउ पनि हो ।
कसरी पुग्ने खप्तड
काठमाण्डौ देखी धनगढी ६५० किमी बसमा । धनगढी देखी डोटीको सिलगढी सम्म बसमा ८ घण्टा त्यसपछी सुरु हुन्छ पैदल यात्रा । बगलेग सम्म जिप पनी चल्ने भएकाले जिप रिजर्भ गरेर पनी लान सकिन्छ ।
डोटीको सिलगडी देखी सुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना । दोस्रो दिन खप्तड राष्टिय निकुन्ज प्रवेश सगै त्रिबेणी मन्दिर पुगिन्छ ।

रारामा जलयात्रा गर्दै आन्तरीक पर्यटकहरु


रारा
रारा सबै नेपाली पुग्न चाहने स्थल मध्य एक हो । वरी परी जगलको विचमा समुन्द्रि सतहबाट २ हजार ९ सय ९० मिटर उचाइृमा अवस्थित रारा ताल । मा विश्वमै कहि पनी नभेटीने स्नो टाउट प्रजातीको माछा पाईन्छ । रारा तालका पुरा आकृती हेर्न लागी समुन्द्री सतह बाट करीब ४ हजार मिटर उचाईमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो । घाम किरण अनुसार राराले आफ्नो कलर दिने गर्दछ । नेपालको सबै भन्दा ठुलो रारा तालमा जती बाह्य पर्यटकका आगमन हुनु पर्ने हो त्यती हुन सकेको छैन । तर स्वदेशी पर्यटकको भने निकै उल्लेखनिय रुपमा आगमन हुने गरेको छ ।
कसरी पुग्ने
नेपालगन्ज देखी ५० मिनेटको हवाई यात्रा पश्चात पुग्न सकिन्छ मुगुको ताल्चा विमान स्थल । ताल्चा विमान स्थल बाट ३ घण्टाको पैदल दुरु पश्चात रारा ताल पुग्न सकीन्छ । सुर्खेत देखी दुई दिनको बस यात्रा पश्चात पुग्न सकिन्छ मुगुको गमगढी । गमगढी बाट तिन घण्टाको पैदल यात्रा पश्चात पुग्न सकिन्छ राराताल ।

बर्दिया
वर्दिया तराईको सबै भन्दा ठुलो राष्टिय निकुन्ज हो । ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको यो निकुन्ज बाघ हेर्नका लागी सबैभन्दा उपयुक्त स्थान पनी हो । नेपालको बै भन्दा लामो नदी कर्णाली र बबई नदीको विचमा निकुन्जका केही भागहरु पर्ने भएकाले पनी जनावरका लागी उपयुक्त बनेको हो ।
निकुन्जको ७० प्रतिशन भुभाग शाल र यस्को सहाएका प्रजातीका वनले ढाकीएको छ भने बाकी ३० प्रतिशत घासे मैदान रहेको छ । निकुन्जमा ५४ प्रजातीका स्तनधारी, ४०० प्रजातीका चरा चुरुगी, २५ प्रजातीका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातीका माछाहरु पाईने गर्दछ ।
वर्दीयमा राष्टीय निकुन्ज मात्र नभएर थारु सस्कृतीका लागी निकै प्रख्यात रहेको छ । बर्दिका भादागाउमा खोलिएको होम स्टेको पनी आन्तरीक तथा बाह्य पर्यटकका लागी थप आर्कषण हो । बर्दीया राष्टिय निकुन्ज नजीकै रहेको ठाकुरद्धरा मन्दिर पनी धार्मिक हिसावले निकै प्रख्यात रहेको छ । मध्यपश्चिमकै धार्मिक स्थल मध्य एक मानिने ठाकुरद्धरा मन्दिरमा लिच्छबीकालीन मुर्तिहरु रहेको छ । बिशेष गरी माघे सक्रान्त्रिका बेला मेला लाग्ने गर्दछ ।
कसरी पुग्ने ।
पश्चिम नेपालको प्रवेशद्धार नेपालगन्जबाट दुई घण्टामा सहजै पुग्न सकिने यस निकुन्ज महेन्द्र राजमार्गको अम्बासबाट जम्मा १३ किलोमिटर टाढा रहेको छ ।

लोमडथाड
प्राकृतिक स्रोतले धनी भएर पनी गरीवीको उपमा पाएको मुस्ताडले जब विश्वमा पर्यटकलाई घुम्न जानका लागी आग्रह गर्ने लोन्ली प्लानेटले उत्कृष्ट दश मध्य मा पारेपछी पर्यटको रोजाईमा अत्याधिक परेको छ । विदेशी पर्यटक मात्र नभएर नेपाली पर्यटकको लागी पनी उत्तिकै रोजाईमा परेको छ । मुस्ताडको मुक्तिनाथ दर्शन पनी गर्न पाईने साहसीक पदयात्रमा पनी हुने भएका कारण यो क्षेत्रमा स्वदेशी पर्यटकको रोजाईमा परेको हो ।
ल्याण्डस्केप, जनजिवन, गुफा तथा रहन सहनका लागी प्रख्यात रहेको मुस्ताडमा तल्लो र माथिल्लो मुस्ताड गरेर दुई तहमा विभाजीत छ । देशमा गणतन्त्र आईसक्दा पनी त्यहो राजा र राजपरिवार प्रति गर्ने सद्भावनै माथिल्लो मुस्ताडको अर्को आकर्षण हो । माथिल्लो मुस्ताडमा जब सडको पहुच पुगेपछी अहिले आन्तरीक तथा बाह्य पर्यटकको आगमनमा बृद्धी भएको छ ।
कसरी पुग्ने
पोखरा देखी जोमसोम सम्म हवाईजहाज । त्यसपछी पैदल यात्रा । तिन दिनमा लोमाडथाड पुग्न सकिन्छ । जोमसोम देखी जिपमा एकै दिनमा लोमाडथाड पुग्न सकिन्छ ।


घोरेपानी
नेपालमा आउने पर्यटको उत्कृष्ट दश मध्य एक मा पर्ने हो घोरेपानी पदयात्रा । अहिले विदेशी पर्यटकको मात्र नभएर स्वदेशी पर्यटकको रोजाईमा पर्ने गरेको छ । बिशेष गरी युवा पुस्ताको रोजाईमा पर्ने गरेको घोरेपानी पदयात्रामा खान बास बस्नका लागी सबै सुविधा रहेको छ । घोरपानी देखी आधी घण्टाको उकालो हिडाई पश्चात पुग्न सकिन्छ पुनहिल । पुनहिल देखी विश्वको सातौ अगलो धौलागीरी हिमाल हेर्दा कस्को पो मन नरमाउला । धौलागिरी हिमाल हेर्नलाई सबै भन्दा उपयुक्त स्थना हो म्यागदीको पुनहिल ।
पुनहिल पदयात्राको क्रममा दुई वटा विकल्प रहेका छन् । एक पुनहिल पदयात्रा मात्र अर्को पुनहिल हुदै अन्न पुर्ण हिमालको आधाशिवीर सम्म यात्रा गर्ने । यही कारण पनी यो पदयात्रा निकै रुचि देखीएको हो पर्यटकका लागी ।
पोखरा देखी पुनहिल हुदै पोखराका लागी पाच दिनको समय उपयुक्त हुन्छ । पोखरा देखी पहिलो दिन तिखे ढुगा, दोस्रो दिन घोरेपानी, तेस्रो दिन घोरपानी बाट सुर्य उदाएको दृश्य अवलोकन गर्नलाई पुनहिल टावर गएर पुन घोरेपानी आई टाडापानी, चौथो दिनघान्द्रुक र पाचौ दिन पोखरा पुगिन्छ । यो बाहेक पोखरा देखी पुनहिल हुदै अन्नपुर्ण आधारशिवीर पुगर पुन पोखरा आउनलाई ११ दिनको पदयात्रा राम्रा हुन्छ ।
कसरी पुग्ने
पोखरा देखी दुई दिनको पैदल यात्रा पुग्न सकिन्छ घोरपानी ।

 

स्वर्गद्धारी
पाच पाण्डवले स्वर्ग जादा अन्तिम स्थान यहीे बाटो भएर गएकाले यस्को धार्मिक महत्तव बोकेको छ । धार्मिक मात्र नभएर अन्नपुर्ण, धौलागीरी र मनास्लु लगाएत दर्जनौ हिमाल आखै अगाढी हेर्न पाईने स्थान हो स्वर्गद्धारी । विशेष गरी धौलागीरीलाई नजीक बाट नियाल्न पाईन्छ स्वर्गद्धारीबाट ।
प्यूठानको स्वर्गद्धारी धार्मिक हिसावले जती महत्तव रहेको छ प्राकृतीक सुन्दतरता पनी त्यती नै भरिपुर्ण रहेको छ । स्वर्गद्धारीको चर्चा विशेष नेपालमा भन्दा भारतमा बढी रहेको छ । यही भएर होला बर्षेनी एक लाख भन्दा बढी भारतीय भक्तजनहरुका स्वर्गद्धारी पुग्ने गर्दछन् ।
कसरी पुग्ने
काठमाण्डौ बाट नेपालगन्ज सम्म हवाई यात्रा त्यसपछी बसमा रोल्पा चल्ने बसमा भृगी सम्म सार्वजनीक यातायात चल्दछ । त्यसपछी ५ घण्टाको पैदल यात्रा अर्थात निजी सवारी साधन पनी चल्दछ स्वगद्धारी मिन्दर परिसर सम्म । अर्थात काडमाण्डौ देखी रोप्पा चल्ने सवारी साधनमा भृगी सम्म जाने र पैदल यात्रा गर्न सकिन्छ ।

पाथीभरा
खुल्ला आकासमा समुन्द्री सतहबाट ३ हजार ७ सय ९४ मिटरमा उचाईमा ताप्लेजुगमा अवस्थित पाथीभरादेवी स्वदेश र विदेशमा प्रख्यात रहेकी छिन् । स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको रोजाईमा पर्ने पाथीभरा मनोरम हिमश्रृखला हेर्ने स्थल पनी हो । विश्वको तेस्रो अग्लो हिमाल कन्चनजघा लगाएत कुम्भकर्ण हिमाल हेर्न पनी सकिन्छ । पाथीभरा मन्दिर परिसरमा कुनै होटल नभए पनी भक्तजनहरुलाई बास बस्न र खानपिनको समेत ब्यबस्थापन रहेको छ । मन्दिर परिसर भन्दा केही तल बास बस्न र खानपिनको राम्रो ब्यबस्थापन रहेको छ ।
कसरी पुग्ने
काठमाण्डौ देखी दुई दिनको बस यात्रामा पुग्न सकिन्छ । काठमाण्डौ देखी सुकेटार मा हवाईजहाज । त्यसपछी चार घण्टाको पैदल यात्रा पश्चात पुग्न सकिन्छ ।


Facebook Comment


No ads found for this position