यी हुन् घुम्नैपर्ने सुन्दर तालहरु

विश्वका धेरै मानिसहरु समुन्द्री किनारलाई नै घुम्नका लागि राम्रो गन्तव्य बनाएका हुन्छन्। नेपाल भूपरिवष्ठित देश भएकाले यहाँका सीमित ताल नै पर्यटकीय गन्तव्य हुन्।

पछिल्लो समय घुमफिर गर्ने परम्परा विकसित हुँदै गएको छ। अधिकांश समय जमिनमै रहीरहने भएकाले तालमा घुम्दा बेग्लै आनन्द पनि आउँछ। प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा केही त्यस्ता तालहरु अवस्थित छन्, जहाँ पुग्ने रहरले विश्वका धेरै ठाउँबाट पनि पर्यटक आउने गर्दछन्।

 रारा ताल

नेपालमा भएकामध्ये सबैभन्दा ठूलो ताल हो यो। सूर्य अस्ताउँदा र उदाउँदा देखिने रारा तालको सुन्दरताले जोकोहीलाई मोहित तुल्याउँछ। समुन्द्री सतह भन्दा २९९० मिटर (९८१० फिट) को उचाइमा रहेको यस ताल जुम्ला र मुगु जिल्लास्थित रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रामसार क्षेत्र भित्र पर्दछ।

५.१ किलोमिटरको लम्बाई तथा २.७ किलोमिटरको चौडाइमा फैलिएको यस तालको पानीको सतह १.८ वर्ग किलोमिटर र १६७ मिटरको घहिराइ रहेको छ। रारा ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो।

 तिलिचो तालयो नेपालको सबैभन्दा उच्च स्थानमा रहेको ताल हो। यसको प्रमुख विशेषता भनेको यहाँ कुनै पनि जलचर प्राणी छैनन्। यो तालको वरपर देखिने पहाडको दृष्यले सौन्दर्यता थपिएको छ। 

 समुन्द्री सतह भन्दा ४९१९ मिटर (१६,१३८ फिट) को उचाईमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित अन्नपुर्ण संरक्षित क्षेत्रमा पर्दछ ।

४.८ वर्ग किलोमिटरको समतल क्षेत्रफलमा फैलिएको यस ताल ८५ मिटर (२८७९ फिट) गहिरो छ भने ४ किलोमिटर लम्बाइ तथा १.२ किलोमिटर चौडाइ रहेको छ।

 फोक्सुन्डो  ताल

नेपालको सबैभन्दा गहिरो ताल हो यो। यसको गहिराई १४५ मिटर (४७६ फिट) रहेको छ। डोल्पा जिल्लामा अवस्थित फोक्सुन्डो ताल समुन्द्री सतहबाट ३६१५ मिटर उचाइमा छ।  करिब ४.९४ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस तालको लम्बाई ५.१५ किलोमिटर तथा चौडाई ८०० मिटर रहेको छ। यस ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो।

गोसाइँकुण्ड

हिमालय पर्वतमा जाँदा शिवले नीलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगेर गोसाइँकुण्ड उत्पत्ति भएको पौराणिक मान्यता छ। यहाँको पानीले नुहाउँदा शरीरमा लुतो, खटिरा नआउने विश्वास रही आएको छ।समुन्द्री सतह भन्दा ४,३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड रसुवा जिल्लामा अवस्थित छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यस तालको क्षेत्रफल १३.८ हेक्टर रहेको छ। यस क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ।

 पाँच पोखरी

लाङटाङ राष्ट्रिय निुकुञ्जमा पर्ने यहाँ पाँच तालहरु छन्। एकै ठाउँमा प्राकृतिक रुपमा बनेको पाँच वटा ताल हेर्नलायक छ।  विश्वकै उच्च अल्टिच्युडमा रहेको यस ताल समुन्द्र सतहबाट ४१०० मिटर माथि छ।

यस तालमा जनै पुर्णिमाको अवसरमा मेला लाग्ने हुँदा सो समयमा यहाँ पर्यटकहरुको घुइँचो लाग्ने गर्छ। यस स्थलबाट जुगल, लाङटाङ, रोलवालिङ लगायतका हिमालहरुको दृष्य राम्रोसँग देख्न सकिन्छ।

 छो रोल्पा

४,५८० मिटरको अल्टिच्युडमा अवस्थित छो रोपा ताल दोलखा जिल्लामा पर्दछ। १५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस ताल गौरीशैकर संरक्षित क्षेत्र अन्तर्गत पर्दछ। २७० मिटर अधिक्तम गहिरो रहेको यस तालको लम्बाइ ३.४५ किलोमिटर छ।

फेवा ताल

पोखरामा अवस्थित फेवा सबै भन्दा धेरैले अवलोकन गर्ने ताल हो । समुन्द्री सतहभन्दा ७४२ मिटर (२४३४ फिट) को उचाईमा अवस्थित यस तालकोबीचमा तालबाराही मन्दिरले यस तालको झन सुन्दरता बढाएको छ । ४.४३ वर्ग किलोमिटरको क्षेत्रफलमा अवस्थित यस तालको लम्बाई १७ किलोमिटर छ भने अधिकतम गहिराई २४ मिटर रहेको छ।साभार सेतोपाटी


Facebook Comment


No ads found for this position